मंगलबार, जेठ ५, २०८३

निमावि शिक्षक लाइसेन्समा उत्तीर्णभन्दा रद्द धेरै (नेपाली र सामाजिकको नामावलीसहित)

वस्तुगत उत्तरपानामा की उल्लेख नगरेका विद्यार्थीको परीक्षा रद्द गरिएको आयोगले जनाएको छ।
 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

काठमाडौं– शिक्षक सेवा आयोगले निमावि तहको नेपाली र सामाजिक विषयको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ।

National life

नतिजा विवरणअनुसार उत्तीर्ण हुने भन्दा परीक्षा रद्द हुने ज्यादा देखिएका छन्। वस्तुगत उत्तरपानामा की उल्लेख नगरेका विद्यार्थीको परीक्षा रद्द गरिएको आयोगले जनाएको छ।

आयोगले गत असोजमा सञ्चालित परीक्षाको नतिजा प्रकाशित गरेको हो। न्यूनतम ५० अंक ल्याउने परीक्षार्थी उत्तीर्ण गरिएको आयोगले जनाएको छ।

सामाजिकमा ७४२ परीक्षार्थी उत्तीर्ण भएका छन्। परीक्षामा २२ हजार ९९ जना सहभागी भएकामा १२३३ जनाको रद्द भएको छ। यस्तै मर्यादाविपरीत काम गर्ने ६ जनाको परीक्षा रद्द गरिएको आयोगले जनाएको छ।

नेपालीमा २०५९ जना उत्तीर्ण भएका छन्। परीक्षामा ४८ हजार ९३४ सहभागी थिए। वस्तुगत उत्तरपानामा की उल्लेख नगर्ने २३६४ को परीक्षा रद्द गरिएको छ।

मर्यादाविपरीत काम गर्ने ८ जनाको परीक्षा रद्द गरिएको आयोगले जनाएको छ। परीक्षार्थीले परीक्षा दिनुअघि राम्ररी तयारी नगर्नु र आयोगको नियमलाई ख्याल नगर्नुले रद्द हुने धेरै देखिएको आयोगका एक अधिकारीले बताए।

सफल उम्मेदवारलाई सम्बन्धित प्रदेशस्थित शिक्षा विकास निर्देशनालयमार्फत अध्यापन अनुमतिपत्र वितरण गरिने आयोगले जनाएको छ।

नतिजामा चित्त नबुझेमा सम्बन्धित प्रदेशको शिक्षा विकास निर्देशनालयमार्फत ३५० रुपैयाँ राजस्व तिरेको सक्कल रसिद र प्रवेशपत्रको प्रतिलिपिसहित निवेदन दिन सकिनेछ। 

अंग्रेजी, गणित र विज्ञान विषयको लाइसेन्सको नतिजा भने यसअघि नै प्रकाशित भइसकेको छ।

यस्ताे छ नेपाली र सामाजिककाे नतिजा

प्रकाशित: Mar 24, 2020| 05:47 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्