बिहीबार, भदौ ४, २०८३

यसकारण बस्नुपर्छ घरमै

त्यसो त सरकारले गत साता पनि नागरिकहरुलाई सकेसम्म घरबाट बाहिर ननिस्कन आग्रह गर्दै सेमी लकडाउन गरेको थियो। तर, अपेक्षाकृत रुपमा सहर शान्त भएन । मानिसहरुले सरकारको आग्रहलाई गम्भीरतापूर्वक लिएको देखिएन।
 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

सरकारले पूरै देशलाई बन्दाबन्दी (लकडाउन) गरेर आफू रहेकै स्थानमा रहन नागरिकलाई आग्रह गरेको छ। नेपालमा दोस्रो व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले यो कदम चालेको हो।

सरकारले सकेसम्म घरबाट ननिस्कन र सम्भव भएसम्म घरबाटै काम गर्न अनुरोध गरेको छ। सोमबारबाटै चिनियाँ र भारतीय सबै नाकाबाट नेपाल प्रवेश गर्न बन्देज गरिएको छ।

त्यसो त सरकारले गत साता पनि नागरिकहरुलाई सकेसम्म घरबाट बाहिर ननिस्कन आग्रह गर्दै सेमी लकडाउन गरेको थियो। तर, अपेक्षाकृत रुपमा सहर शान्त भएन । मानिसहरुले सरकारको आग्रहलाई गम्भीरतापूर्वक लिएको देखिएन।

काठमाडौंका कतिपय स्थानमा समूहमा बसेर गफ गर्ने, चिया–कफी पिउने र सामाजिक काममा सहभागी हुने प्रक्रिया चलिरह्यो। सार्वजनिक यातायात अटिनअटी यात्रु राखेर चलिरहे। मन्दिरमा भक्तजन लाइनमा लागिरहे। पैदलयात्रु मुखमा मास्क नलगाई हिँडिरहे।

त्यहीबीचमा अर्को संक्रमण पुष्टि भएपछि सरकारले पूरै लकडाउनको निर्णय गरेको हो। फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोना पोजेटिभ देखिएको सूचनाले तरंग ल्याइदिएको छ। यही सूचनापछि सरकारले अर्को कदम चालेको हो र नागरिकले घरबाट ननिस्केर सरकारलाई सघाएका छन्।

चिकित्सकहरुले बताउँदै आएका छन्– कुनै पनि व्यक्तिमा कोरोना संक्रमणको लक्षण नदेखिए पनि ऊ भाइरस बोकेर हिँडेको हुनसक्छ। उसले अरुलाई सारिरहेको हुन सक्छ। यस्तो अवस्थामा मलाई केही हुँदैन वा भएको छैन भनेर असुरक्षित ढंगले बाहिर निस्कने, अरुसँग सम्पर्कमा रहने व्यक्ति रोगका मुख्य वाहक हुनसक्छन्।

एकैपल्टमा अनगिन्ती जनालाई यो भाइरस सर्नसक्छ। यसको फैलावट सबैभन्दा डरलाग्दो पक्ष हो ।

त्यसैले म स्वस्थ छु वा मलाई कोरोनाको संक्रमण हुँदैन भन्ने सोच राखेर कोरोना फैलाउने कारक बन्दै हिँड्नु हुँदैन। हरेक व्यक्ति सुरक्षित तवरले आफ्नो घरभित्र बसेको खण्डमा कोरोनाको प्रकोपलाई नियन्त्रण गर्न सकिन्छ।

कोरोनाको संक्रमणबाट बच्ने सबैभन्दा उपयुक्त तरिका घरमै बस्नु हो। घरमै बस्नु नै सबैभन्दा ठूलो सुरक्षा हो। कोरोना आफैं फैलँदैन, यो त हामी आफैँले फैलाउने हो। अस्पताल कोरोना निको हुने ठाउँ होइन, यो त युद्वक्षेत्र हो। केही गरी हामी संक्रमित भयौं भने हजारौं लाखौंलाई रोग सार्न सक्छौं। तसर्थ घरमै बसौं।

प्रकाशित: Mar 24, 2020| 03:35 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।