शनिबार, फागुन ३०, २०८२

साउदी अरबमा तीन दिन कर्फ्यु

साउदी अरबमा सोमबार बेलुकादेखि देशभरि कर्फ्यु घोषणा गरिएको छ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

साउदी अरबमा सोमबार बेलुकादेखि देशभरि कर्फ्यु घोषणा गरिएको छ। स्थानीय समयअनुसार बेलुका ७ बजेदेखि लागू हुने कर्फ्यु ३ दिनसम्म कायम रहने अधिकारीहरूले जानकारी दिएका छन् ।

National life

साउदी अरबका राजा सलमान बिन अब्दुल्लाजिज साउदले सोमबार दिउँसो तीनदिने कर्फ्यु आदेशको घोषणा गरेको जनाइएको छ । उनले कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि कफ्र्यूको घोषणा गर्न परेको स्पष्ट पारेका छन्।

साउदी राजा सल्मानले जनहितका लागि कर्फ्यु पालना पूर्णरूपमा गर्न पनि आह्वान गरेका छन्। राजाको तर्फबाट राजदरवारले जारी वक्तव्यमा गरेको कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्नेतर्फ उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

खाडी मुलुक साउदी अरबमा सोमबारसम्म ५११ जना सङ्क्रमित भेटिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई भने कर्फ्यु आदेश लागू नहुने वक्तव्यमा उल्लेख गरिएको छ।
रासस

प्रकाशित: Mar 23, 2020| 14:50 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।