शनिबार, फागुन ३०, २०८२

भारतमा सबै आन्तरिक उडान स्थगित

कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगिन भारतले सबै आन्तरिक उडान स्थगित गर्ने भएको छ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

एजेन्सी- कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगिन भारतले सबै आन्तरिक उडान स्थगित गर्ने भएको छ।

National life

बुधबारदेखि लागू हुने गरी भारतले सबै आन्तरिक उडान अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।

भारतको यो निर्णयसँगै भारतका सबैजसो विमानस्थल बन्द हुने भएका छन्। भारतले अन्तर्राष्ट्रिय उडान सबै बन्द गरिसकेको छ।

देशभरको रेल सञ्जाल बन्द गरिसकिएको छ। थुप्रै प्रान्तहरुले एकअर्कासँगको सीमा बन्द गरिसकेका छन्।

भारतमा कोरोना भाइरसको संक्रमण फैलिने गति बढेपछि भारतले यस्तो निर्णय लिएको हो।

Laxmi sunrise bank
kumari

उसले नेपालसहित सबै छिमेकी देशसँगको नाकासमेत बन्द गरिसकेको छ।

भारतमा अहिलेसम्म कोरोनाका ४ सय १५ संक्रमित भेटिएका छन् भने ७ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: Mar 23, 2020| 13:04 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।