शनिबार, फागुन ३०, २०८२

कोभिड-१९ : दक्षिण कोरियाको अवस्था सुधार हुँदै

कोरोना भाइरस संक्रमण नियन्त्रणमा चीनसँगै दक्षिण कोरियाले पनि सफलता पाएको छ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

काठमाडौं- कोरोना भाइरस संक्रमण नियन्त्रणमा चीनसँगै दक्षिण कोरियाले पनि सफलता पाएको छ।

National life

दक्षिण कोरियामा कोरोना संक्रमण देखिएको चौथो हप्तामा सबैभन्दा नयाँ संक्रमितको संख्या सबैभन्दा कम देखिएको छ।

पछिल्लो २४ घण्टा त्यहाँ नयाँ ६४ संक्रमित मात्रै देखिएका छन्।

चीनपछि तीब्ररुपमा त्यहाँ कोरोना संक्रमण देखिएको थियो। दक्षिण कोरियामा अहिलेसम्म जम्मा १ सय ११ जनाको मृत्यु भएको छ।

त्यहाँ जम्मा ८ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३ हजार १ सय ६६ जना ठिक भइसकेका छन्।

Laxmi sunrise bank
kumari

त्यस्तै ५ हजार ६ सय ८४ जनाको उपचार भइरहेको छ भने ५९ जना गम्भीर अवस्थाका बिरामी छन्।

कोरोनाबाट विश्वभर ३ लाख ४२ हजार ४०७ जना संक्रमित भएकोमा ९९ हजार ४१ जना ठिक भइसेका छन्।

विश्वभर १४ हजार ७ सय ६२ जनाको मृत्युभएको छ। सबैभन्दा बढी इटलीमा ५ हजार ४ सय ७६ जनाको मृत्यु भएको छ।

चीनमा हालसम्म ३ हजार २ सय ७० जनाको मृत्यु भएको छ।

प्रकाशित: Mar 23, 2020| 09:47 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।