बुधबार, चैत ११, २०८२

फुर्सदमा यी काम गर्नुस्

दैनिकी व्यवस्थित बनाउन र आफूलाई ‘फ्रेस’ राख्न केही उपाय अपनाउनुभयो भने सहज हुनेछ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

यतिबेला जरुरी सेवा प्रदायकबाहेक सबै कार्यालय बन्द छन्। सडक तथा पसल सुनसान छन्। कोरोना भाइरसको जोखिम कम गर्न घरभित्रै बस्न सरकारले आह्वान गरेको छ।

National life

एक–दुई दिन त तपाईंलाई छुट्टीको रमाइलो लाग्छ। अनिश्चितकालको छुट्टीका कारण घरमा बसिरहँदा बिस्तारै दिक्क लाग्न सक्छ। यस्तो अवस्थामा दैनिकी व्यवस्थित बनाउन र आफूलाई ‘फ्रेस’ राख्न केही उपाय अपनाउनुभयो भने सहज हुनेछ।

पुस्तक पढ्ने :  साहित्यमा रुचि राख्ने पाठकले यस्तो बेलामा आख्यानका किताब पढ्न सक्नुहुनेछ। लामो समय लगाएर पढ्नुपर्ने कुनै व्यक्तिको आत्मकथाका पुस्तक झन् उपयोगी हुन्छन्।

त्यसबाहेक महान् व्यक्तिको जीवनी अध्ययन तपाईंको पट्यारलाग्दो समय बिताउने माध्यम बन्न सक्छ। यसबाहेक आफूलाई रुचि लागेका विज्ञान, अर्थशास्त्र, दर्शन, भूगोल, इतिहासका पुस्तक अध्ययन गर्दा समय बितेको पत्तै हुँदैन।

संगीत सुन्ने र चलचित्र हेर्ने : गीतसंगीत सुनेर तपाईं समय बिताउन सक्नु हुनेछ। सहरी क्षेत्रमा बसोबास गर्ने धेरै नेपालीमा इन्टरनेट पहुँच पुगिसकेकाले गीतसंगीत सुन्न रेडियो वा टेलिभिजन च्यानल नै चाहिन्छ भन्ने छैन। युट्युब पर्याप्त छ । यस्तै आफूलाई मनपर्ने चलचित्र हेरेर पट्यार लाग्दो दैनिकीबाट पार पाउन सकिन्छ।

Laxmi sunrise bank
kumari

सिर्जनात्मक काम गर्ने : साहित्य सिर्जना गर्नेका लागि अहिलेको अवस्था उपयोगी हुन सक्छ। मानव इतिहासमा विश्वव्यापी रूपमा यति धेरै त्रास कमै आउँछन्। त्यसैले यही विषयको सेरोफेरामा रहेर कविता–कथा रचना गर्न सकिन्छ। चित्रकलाका सौखिनहरूले पेन्टिङ गरेर पनि समय बिताउन सकिनेछ।

बालबालिकासँग घरभित्रै खेल खेल्ने : घरमा बालबालिका मोबाइल र टीभीमा झुत्तिरहेको देख्दा तपाईंलाई दिक्क लागेको हुन सक्छ। उनीहरूलाई ग्याजेटको लतबाट बिस्तारै छुटाउन पनि क्यारिम बोर्ड, लुडो, बुद्धिचाल खेलाउन सक्नु हुनेछ।

घरेलु काम गर्ने : सधैं व्यस्त रहनुपर्दा तपाईंको घरभित्रका धेरै काम ‘पेन्डिङ’ मा रहेका हुन सक्छन्। यस्तो बेलामा परिवारका सबै सदस्य मिलेर बाँकी काम सक्दा हल्का हुन्छ। यसअन्तर्गत सरसफाइ र बगैंचा गोडमेलका काम पनि पर्न सक्छन्।

नयाँ–नयाँ परिकार बनाएर खाने : तपाईंलाई मन पर्ने परिकार घरमै बनाएर परिवारसहित बसेर खान सक्नु हुनेछ। साथै परिवारसँग गफिँदा, जोक सुनाउँदा, रमाइलो गर्दा पनि तपाईंको जीवन व्यस्त हुनेछ।

मिल्छ भने कार्यालयको काम गर्ने : अचेल कतिपय कार्यालयको काम कम्प्युटर र इन्टरनेटका माध्यमबाट हुने गर्छ । तपाईंको कार्यालयको कामको प्रकृति हेरेर घरमै पनि कार्यालयको काम गर्न सक्नु हुनेछ।

योगअभ्यास, ध्यानलगायतका गतिविधिले पनि तपाईको दैनिकीलाई ताजगी प्रदान गर्छ। योग र ध्यान गर्ने विधि छन्। तपाईलाई विधि आउँदैन भने इन्टरनेटबाट जानकारी लिन सक्नु हुनेछ।

प्रकाशित: Mar 23, 2020| 09:30 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्