बिहीबार, भदौ ४, २०८३

यती एयरलाइन्सले पनि घटायो टिकटको मूल्य

यती एयरलाइन्सले पनि आफ्नो उडानमा टिकटको मूल्य घटाएको छ।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

काठमाडौं- यती एयरलाइन्सले पनि आफ्नो उडानमा टिकटको मूल्य घटाएको छ।

कोभिड–१९ को सम्भावित संक्रमणको प्रभावले काठमाडौंबाहिर जाने यात्रुको सहजताका लागि विभिन्न गन्तव्यको टिकटको मूल्य सस्तो बनाइएको कम्पनीले आज विज्ञप्तिमार्फत जनाएको हो।

यतीले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र पोखराका लागि हवाई टिकटको मूल्य घटाएको छ।

नयाँ भाडादरअनुरुप यतीले भद्रपुर गन्तव्यका लागि रु. ६ हजार २०० नयाँ टिकट दर कायम गरेको छ।

यसअघि कम्पनीले यो गन्तव्यमा रु. ९ हजार भाडा लिन्थ्यो। विराटनगरमा साधारण रु. ७ हजार ४५० रहेकामा अहिले घटाएर रु ५ हजार ५०० बनाइएको छ।

त्यस्तै भैरहवाको पहिला रु. ६ हजार १०० रहेकामा अहिले रु. ४ हजार ९००, नेपालगञ्जमा पहिला रु. ९ हजार ८५० रहेकामा अहिले रु. ६ हजार ३०० र पोखरामा साधारण रु. ५ हजारबाट घटाएर रु. ३ हजार ७०० निर्धारण गरिएको छ।

उल्लिखित गन्तव्यबाहेक पनि न्यूनतम मूल्यका टिकटहरु खरिद प्राथमिकताका आधारमा उपलब्ध रहिरहने कम्पनीले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वायु सेवा सञ्चालक सङ्घ र सर्वसाधरणको अनुरोधमा लामो दूरीका सवारीसाधन सञ्चालनमा नआउँदासम्मका लागि टिकटको मूल्य सस्तो बनाइएको र यो भाडादर सोमबारदेखि लागू हुने विज्ञप्तिमा भनिएको छ।

यसअघि बुद्ध एयरले पनि भाडा दर घटाइसकेकाे छ। रासस

प्रकाशित: Mar 22, 2020| 14:37 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।