बिहीबार, वैशाख ३१, २०८३

काशी विश्‍वनाथ मन्दिरमा ड्रेस कोड लागू

भारतको बनारसस्थित काशी विश्वनाथ मन्दिरमा अब ड्रेस कोड लागू हुने भएको छ।
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

बनारस– भारतको बनारसस्थित काशी विश्वनाथ मन्दिरमा अब ड्रेस कोड लागू हुने भएको छ। मन्दिरको मन्दिरको भित्री भाग (गर्भगृह) दर्शनका लागि ड्रेस कोड लागू गरिएको हो।

National life

गर्भगृह दर्शनका लागि पुरुषको लागि धोती र महिलाको लागि साडी अनिवार्य गरिएको छ। यो व्यवस्था मकर संक्रान्ति अर्थात् माघ १ गतेबाट लागू हुनेछ।

काशी विश्वथान मन्दिरका सीईओ विशाल सिंहले भने, ‘मन्दिरको भित्र रहेको मूर्ति दर्शनका लागि भक्तजन नसिलाएको वस्त्र लगाएर आउन् भन्ने हाम्रो अभिप्राय हो। मन्दिरको बाहिरी भागमा यो नियम लागू हुँदैन।’

नयाँ नियमको बारेमा अहिले नै धेरैलाई थाहा नभएकोले तत्काललाई मन्दिर प्रशासनले नै यस्तो कपडाको व्यवस्था गर्ने उनले बताए। जिन्स, सर्ट, सुट, कोट आदि पहिरनमा आउनेले मन्दिरको बाहिरी भागको मात्र दर्शन गर्न पाउने उनले स्पष्ट पारे।

बीबीसी

प्रकाशित: Jan 13, 2020| 14:39 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।