बिहीबार, भदौ ४, २०८३

भारतको जनता कर्फ्युको प्रभाव सीमा नाकामा

कोरोना संक्रमणको जोखिमबाट जोगिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको जनता कर्फ्युको आह्वानको प्रभाव नेपालको भारतीय सीमा नाकामा समेत परेको छ।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

जनकपुरधाम- कोरोना संक्रमणको जोखिमबाट जोगिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको जनता कर्फ्यु आह्वानको प्रभाव नेपालको भारतीय सीमा नाकामा समेत परेको छ।

बिहार राज्यसँग जोडिएको धनुषाका नाकाहरु सुनसान देखिएका छन्।

जिल्लाका अन्य सम्पूर्ण नाकाहरु आइतबारदेखि बन्द रहे पनि जटही र खजुरी नाका खुल्ला छ। धनुषाका दुई प्रमुख नाकाहरु खुल्ला रहे पनि आवत–जावत ठप्प छ।

जटही नाकाबाट आइतबार चार बजेसम्म जम्मा ७० जना नेपाल प्रवेश गरेको हेल्प डेस्कमा खटिएका सितेश कर्णले जनाए। प्रवेश गर्नेहरुमध्ये कतिपय नेपालीसमेत रहेका छन्।

भारतमा आइतबार जनता कर्फ्यु रहेकोले आवतजावत प्रभावित भएको उनले बताए।

अन्य दिन दैनिक पाँच सयभन्दा बढी मानिस आवतजावत गर्ने गरेको नाकामा खटिएका एक सशस्त्र प्रहरीले बताए। तर विगत केही दिनयता नाकाबाट आवतजावत गर्नेको संख्यामा कमी आएको उनले बताए।

नेपाली सीमातर्फ केही सर्वसाधारणहरु बाहिर देखिए पनि जटही नाकाको सीमा पारी भने सुनसान छ। बिहारमा आइतबार कोरोना संक्रमणले दुईजनाको ज्यान गएपछि सीमा पारी थप त्रास बढेको छ।

 

प्रकाशित: Mar 22, 2020| 11:53 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।