मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पैदल यात्रुको मापसे जाँच सुरु, एकैदिन हजार जनालाई सचेतना कक्षा

पैदल यात्रुको मापसे जाँच सुरु, एकैदिन हजार जनालाई सचेतना कक्षा

तपाईँले जेब्राक्रसबाट बाटो काट्नु भएको छैन, आकाशे पुल प्रयोग गर्नु भएको छैन र...
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

काठमाडौं- तपाईँले जेब्राक्रसबाट बाटो काट्नु भएको छैन, आकाशे पुल प्रयोग गर्नु भएको छैन र ट्राफिक नियम उल्लंघन गरेर जथाभावी सडकमा हिँडिरहनुभएको छ भने ट्राफिक प्रहरीले अब तपाईलाई त्यतिकै छाड्नेवाला छैन।

मादक पदार्थ (मापसे) सेवन गरी सवारी चालाउने र ट्राफिक नियम उलंघन गर्ने चालकको जस्तै अब पैदलयात्रुको पनि मापसे जाँच हुने भएको छ। यदि त्यसो गरेको पाइए ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा पनि लिनुपर्ने छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले पैदलयात्रुले हिँड्दा र बाटो काट्दा ट्राफिक नियम पालना नगरे प्रहरीले समातेर २० मिनेटको कक्षा दिने जानकारी दिए।

‘जेब्राक्रस र आकाशे पुल प्रयोग नगर्ने पैदलयात्रुलाई समातेर मापसे चेक गर्ने र ट्राफिक नियमबारे सचेतना कक्षा दिने व्यवस्था सोमबारबाट गरिएको छ’ ढकालले भने, ‘हाललाई भोटाहिटी र वीर अस्पताल अगाडि कक्षा सञ्चालन हुने छ। क्रमशः अन्य स्थानहरूमा पनि कक्षा अभियान सञ्चालन हुने उनले जानकारी दिए।

महाशाखाका प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले पहिलो दिन सोमबार जथाभावी काटो काट्ने करिव एक हजार पैदलयात्रुलाई सचेतना कक्षा दिएको जानकारी दिए। उपत्यकामा सवारी दुर्घटनामा पैदल यात्रुको ज्यान जाने क्रम बढेपछि ‘ट्राफिक उज्यालो अभियान’ अन्तर्गत पैदलयात्रु सुरक्षा अभियान सञ्चालन गरेको श्रेष्ठले बताए।

यसबाट उपत्यकाको ट्राफिक व्यवस्थापन तथा पैदलयात्रुले जथाभावी बाटो काट्दा हुने सवारी जाम हटाउन अभियान प्रभावकारी हुने विश्वास श्रेष्ठले लिए।

प्रहरीका अनुसार सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाइने छ। साथै उनीहरूकै माध्यमबाट घरघरमा सचेतनाको लागि पर्चा पम्पलेटसमेत वितरण गरिन्छ।

चालू आर्थिक वर्षको हाल सम्म उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउने ७६ मध्ये ३२ जना पैदलयात्रुले ज्यान गुमाएका छन्।

प्रकाशित: Jan 13, 2020| 17:21 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।