बिहीबार, साउन १४, २०८३

स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय नाघ्यो

युरोपेली मुलुक इटालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीब्र रुपमा बढिरहेका बेला स्पेनमा पनि यो दर उस्तै गतिमा बढेको छ।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

काठमाडौं- युरोपेली मुलुक इटालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीब्र रुपमा बढिरहेका बेला स्पेनमा पनि यो दर उस्तै गतिमा बढेको छ।

स्पेनमा शनिबारसम्म १ हजार ३ सय २६ जनाको मृत्यु भएकोमा आइतबार यो संख्या १ हजार ७ सय २० मा पुगेको छ।

विश्वव्यापी महामारीका रुपमा रहेको कोरोनाका आइतबार त्यहाँ ३ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन्। योसँगै स्पेनमा संक्रमितको संख्या २८ हजार पुगेको छ।

इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ।

मृतकको संख्याका हिसाबले तेस्रो नम्बरमा रहेको इरानमा १ हजार ६ सय ८५ पुगेको छ।

संक्रमितको संख्या इटलीमा ५३ हजार ५ सय ७८ रहेको छ। अमेरिकामा २६ हजार ९ सय पुगेको छ।

जर्मनीमा २२ हजार ३ सय ६४ पुगेको छ। त्यस्तै इरानमा २१ हजार ६ सय ३८ पुगेको छ। फ्रान्समा १४ हजार ४ सय ५९ संक्रमित छन् भने ५ सय ६२ जनाको मृत्यु भइसकेको छ।

कोरोना भाइरसको उद्गमस्थल चीनमा मृत्यु र संक्रमणको दर घट्दै गएको छ। त्यहाँ शनिबार थप ४६ जना संक्रमित भेटिएका छन्।

जसमा एकजना मात्रै चिनियाँ नागरिक हुन् भने बाँकी ४५ जना विदेशी नागरिक हुन्। त्यस्तै त्यहाँ शनिबार ६ जनाको मृत्यु भएको छ।
चीनमा ३ हजार २ सय ६१ जनाको मृत्यु भएको छ।

३ हजार संख्या पुगुन्जेल तीब्ररुपमा बढेको मृत्युदर त्यसपछि घटेको हो। त्यहाँ ८१ हजार ५४ जना संक्रमित भएकोमा ७४ हजार ४ सय ४० जना निको भएर घर फर्किइसकेका छन्। त्यस्तै ५ हजार ३ सय ५३ जना उपचारका क्रममा छन्।

प्रकाशित: Mar 22, 2020| 11:47 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।