शनिबार, फागुन ३०, २०८२

कोरोना महामारीबीच भूकम्पले हल्लियो क्रोएसिया

क्रोयसियामा आइतबार शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण राजधानी जाग्रेबमा थुप्रै घरहरु भत्किएको र सवारी साधनमा क्षति पुगेको जनाइएको छ।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

एजेन्सी- क्रोयसियामा आइतबार शक्तिशाली भूकम्प गएको छ।

National life

भूकम्पका कारण राजधानी जाग्रेबमा थुप्रै घरहरु भत्किएको र सवारी साधनमा क्षति पुगेको जनाइएको छ।

केही ठाउँमा आगलागीसमेत भएको अधिकारीहरुले जनाएका छन्।

भूकम्पलगत्तै त्यहाँको आगलागी एवम् विपत व्यवस्थापन क्षेत्रका कर्मचारीहरु राहत र उद्धारमा जुटेका छन्।

भूकम्पमा एक १५ वर्षीय किशोर गम्भीर घाइते भएको र अन्य मानवीय हताहतीको विवरण आइनसकेको जनाइएको छ।

Laxmi sunrise bank
kumari

जर्मनीको जर्मन रिसर्च सेन्टर फर जिओसाइन्सेसले पश्चिम बालकान्स क्षेत्रलाई केन्द्रविन्दु बनाएर झण्डै ६ म्याग्नीच्युडको भूकम्पको गएको जनाएको छ।

भूकम्पको धक्का १० सेकेन्डसम्म महसुस गरिएको थियो।

आन्तरिक मन्त्री डाभोर बोजिनोभिकले ट्वीटरमार्फत एक सन्देश दिँदै नआत्तिन र सामाजिक दूरी कायम राख्न अपिल गरेका छन्।

कोरोना भाइरससँग लडिरहेको युरोपेली देश क्रोयसियामा भूकम्पले अर्को समस्या निम्त्याएको हो।

त्यहाँ हालसम्म २ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ।

प्रकाशित: Mar 22, 2020| 09:48 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।