शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा जनता कर्फ्यु, मोदीकाे आग्रह– घरमै रहौं, स्वस्थ रहौं

भारतमा जनता कर्फ्यु, मोदीकाे आग्रह– घरमै रहौं, स्वस्थ रहौं

देशव्यापी अभियानलाई आफ्नो जिम्मेवारी ठानेर कोरोनाविरुद्धको लडाइँलाई सफल बनाऔं।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

नयाँदिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको लडाइँलाई सफल बनाउन जनतासँग अनुरोध गरेका छन्।

National life

संक्रमणको जोखिम कम गर्न भारतमा आइतबार जनता कर्फ्यु लागू गरिएको छ।

प्रधानमन्त्री मोदीले ट्विट गर्दै भनेका छन्, ‘जनता कर्फ्यु सुरु भएको छ। सबै नागरिकलाई मेरो बिन्ती छ- देशव्यापी अभियानलाई आफ्नो जिम्मेवारी ठानेर कोरोनाविरुद्धको लडाइँलाई सफल बनाऔं। हाम्रो संयम र संकल्प यो महामारीलाई परास्त गर्नु छ।’

मोदीका अनुसार अब सरकारले उठाउने कदमले आउने दिनमा जनतालाई थप मद्दत गर्नेछ। उनले भनेका छन्, ‘घरमै रहौं, स्वस्थ रहौं।’

प्रकाशित: Mar 22, 2020| 06:48 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।