बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • दक्षिण एसियामा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो, कहाँ कति ?

दक्षिण एसियामा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो, कहाँ कति ?

दक्षिण एसियामा कोरोना संक्रमितको संख्या ११ सय नाघेको छ।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

काठमाडौं– दक्षिण एसियामा कोरोना संक्रमितको संख्या ११ सय नाघेको छ। शनिबार दुई सय ३५ जनामा नयाँ संक्रमण देखिएसँगै दक्षिण एसियामा एक हजार एक सय १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको वर्ल्डओमिटरडटइन्फोले जनाएको छ। तीमध्ये ४७ जना उपचार पछि सन्चो भएर घर फर्किएका छन्। 

दक्षिण एसियाका आठ देशमध्ये पाकिस्तानमा सबैभन्दा बढी कोरोना संक्रमित छन्। त्यहाँ ६ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा त्यहाँ एक सय ४४ जनामा संक्रमण देखिएको थियो। यस्तै, त्यहाँ कोरोना संक्रमण देखिएका १३ बिरामी उपचारपछि सन्चो भएका छन्।

संक्रमित संख्याका आधारमा भारत दोस्रो स्थानमा छ। भारतमा तीन सय ३२ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये २३ जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। संक्रमितका आधारमा श्रीलंका, बंगलादेश, अफगानिस्तान, माल्दिभ्स, भुटान र नेपाल क्रमशः तेस्रोबाट आठौं स्थानमा छन्।

दक्षिण एसियामा १० को मृत्यु

कोरोना संक्रमणबाट दक्षिण एसियाका तीन देशमा १० जनाले ज्यान गुमाएका छन् । संक्रमणबाट सबैभन्दा बढी भारतमा पाँच जनाले ज्यान गुमाएका छन्। यस्तै, पाकिस्तानमा तीन र बंगलादेशमा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

कहाँ कति संक्रमित?

देश                     संक्रमित           मृत्यु          रिकभर

पाकिस्तान               ६४५               ३              १३

भारत                    ३३२                ५              २३

बंगलादेश                 २४                २               ३

श्रीलंका                   ७७                –               ३

अफगानिस्तान            २४                –               १

माल्दिभ्स                  १३                –               –

भुटान                       २                –               –

नेपाल                       १                –                १

प्रकाशित: Mar 22, 2020| 04:23 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।