शनिबार, फागुन ३०, २०८२

कोरोना संक्रमण फैलन थालेपछि भारतमा ‘जनता कर्फ्यु’

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन थालेपछि भारतमा आज (आइतबार) ‘जनता कर्फ्यु’ लागु गरिएको छ।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन थालेपछि भारतमा आज (आइतबार) ‘जनता कर्फ्यु’ लागू गरिएको छ।

National life

प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा भारतमा बिहान सात बजेदेखि बेलुका ९ बजेसम्म ‘जनता कर्फ्यु’ लागू भएको हो। यो अवस्थामा औषधीजन्य तथा अत्यावश्यक सामान पाउने पसलबाहेक सबै किसिमका गतिविधि बन्द भएका छन्।

प्रधानमन्त्री मोदीले गत शुक्रबारको सम्बोधनमा भनेका थिए, ‘आइतबार अर्थात् मार्च २२ मा बिहान ७ बजेदेखि ९ बजेसम्म सबै नागरिकहरूले जनता कर्फ्युलाई पालना गर्नुपर्छ। आवश्यक पर्दा मात्र घरबाहिर निस्कने गरौं।’

तीन सय ३२ जनामा संक्रमण पुष्टि

भारतमा तीन सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार त्यहाँ ५५ जनामा नयाँ संक्रमण देखिएको थियो। भारतमा कोरोनाबाट पाँच जनाले ज्यान गुमाउँदा २३ जना उपचारपछि घर फर्किएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 22, 2020| 04:03 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।