मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ईपीएलमा पाँच दिन दोहोरो खेल, उद्घाटनमा काठमाडौं र ललितपुर भिड्‍ने

ईपीएलमा पाँच दिन दोहोरो खेल, उद्घाटनमा काठमाडौं र ललितपुर भिड्‍ने

चौथो संस्करणको एभरेस्ट प्रिभियर लिग (ईपीएल) सुरु हुन १७ दिन बाँकी छ।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं– चौथो संस्करणको एभरेस्ट प्रिभियर लिग (ईपीएल) सुरु हुन १७ दिन बाँकी छ। नेपालको सर्वाधिक महँगो क्रिकेट फ्रेन्चाइज लिग यही सेप्टेम्बर २५ देखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुँदैछ।

यो प्रतियोगिताको लागि आयोजक ईपीएल प्रालिले आज खेल तालिका सार्वजनिक गरेको छ। उसले सार्वजनिक गरेको तालिका अनुसार आउँदो संस्करणको ईपीएलमा पाँच दिन डबल हेडर हुनेछ।

त्यस्तै, बाँकी ९ दिन समान १–१ खेल हुनेछ। प्रतियोगिताको दौरान फाइनल अघि अक्टोबर ८ मा मात्र एक दिन ब्रेक दिइएको छ। प्रतियोगितामा लिग चरणको खेल अक्टोबर चार तारिखमा सकिने छन् भने फाइनल खेल अक्टोबर ९ मा हुनेछ।

त्यस्तै, उद्घाटन खेलमा काठमाडौं किंग्स इलेवेनले ललितपुर प्याट्रिओट्ससँग प्रतिस्पर्धा गर्नेछ।



प्रकाशित: Sep 08, 2021| 16:57 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।