काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमबाट बच्न सरकारले आह्वान गरेपछि काठमाडौंको चहलपहल घटेको छ।
अधिकांश मानिसहरु अत्यावश्यक कामबाहेक बाहिर निस्किएका छैनन् । थुप्रै मानिस काठमाडौं छाडेर गाउँतिर फर्किरहेका छन्।
साथै शनिबार अधिकांश कार्यालयहरु पनि बन्द रहने भएकाले काठमाडौंमा चहलपहल अत्यधिक घटेको छ।