काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले भोलिदेखि सबै विदेशी जहाजलाई नेपाल आउन निषेध गर्ने भएको छ।
कोरोना भाइरसको महामारीको त्रासका कारण नेपाल नागरिक उड्यन ऐन २०१५ अनुसार सबै अन्तर्राष्ट्रिय उडानहरुलाई नेपालमा अवतरण गर्न रोक लगाइएको हो।
यो व्यवस्था भोलि मार्च २२ को राती १२ बजेदेखि लागू भई ३१ मार्चसम्म जारी रहने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार नेपालबाट प्रस्थान हुने विदेशी जहाज तथा उद्धार एवम एयर एम्बुलेन्स र अन्य अत्यावश्यक उडानहरु भने रोकिने छैनन्।