बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको जानकारीका लागि काठमाडौं महानगरको निःशुल्क नम्बर

कोरोनाको जानकारीका लागि काठमाडौं महानगरको निःशुल्क नम्बर

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या शुन्दर शाक्यले कसैलाई कोरोना सङ्क्रमणको आशङ्का भएमा टोल फ्रि नं ११८० मा खबर गर्न अनुरोध गरेका छन्।
 |  शनिबार, चैत ८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत ८, २०७६

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या शुन्दर शाक्यले कसैलाई कोरोना सङ्क्रमणको आशङ्का भएमा टोल फ्रि नं ११८० मा खबर गर्न अनुरोध गरेका छन्।

प्रमुख शाक्यले आज विज्ञप्ति जारी गरी कामपाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा १०२ तथा महानगरको टोल फ्रि नं ११८० मा खबर तथा सूचना दिन अनुरोध गरेका हुन्। विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ को सन्त्रास रहेको र त्यो सन्त्रासबाट जोगिन सबैले सजगता अपनाउन सबैसँग उनले अपिल गरे।

सङ्क्रमण देखिनुभन्दाअघि नै हामी सबै नागरिकले सजगता अपनाउने हो भने धेरै हदसम्म न्यूनीकरण हुने सम्भावना रहेको उनको भनाइ छ । उक्त सङ्क्रमण बढी भीडभाड हुने ठाउँमा छिटो फैलिने सम्भावना भएकाले सङ्घीय सरकारले जारी गरेको सूचनालाई आधार मान्दै सकेसम्म बढी सचेतना अपनाउन अपिल प्रमुख शाक्यको रहेको छ ।

उनले अहिले कोरोनाबाट सबै बच्न आवश्यक रहेको भन्दै घोडेजात्रा, सेतो मछिन्द्रनाथको रथयात्रा लगायतका जात्रा पर्व नमनाउन पनि आग्रह गरेका छन् । जात्रा तथा पर्वमा निकै ठूलो जनसहभागिता हुने र यो विषम परिस्थितिमा भीडभाडका साथ मनाउने अवस्था नरहेकाले आफ्नो मौलिक, कला, संस्कृति र परम्पराको विधिलाई यथावत् राख्दै भीडभाडमा भने ती जात्रापर्व नमनाउन प्रमुख शाक्यले अपिल गरेका छन्।

रासस

प्रकाशित: Mar 21, 2020| 08:54 शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।