बिहीबार, भदौ ४, २०८३

दुई दिनमा साढे १६ सय लिटर अवैध घरेलु मदिरा नष्ट

प्रहरीले पर्साका विभिन्न स्थानबाट दुई दिनमा साढे १६ सय लिटर अबैध घरेलु मदिरा तथा चार हजार तीन सय लिटर मदिरा बनाउन प्रयोग हुने पास नष्ट गरेको छ।
 |  शनिबार, चैत ८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत ८, २०७६

पर्सा– प्रहरीले पर्साका विभिन्न स्थानबाट दुई दिनमा साढे १६ सय लिटर अबैध घरेलु मदिरा तथा चार हजार तीन सय लिटर मदिरा बनाउन प्रयोग हुने पास नष्ट गरेको छ।

प्रहरीले शुक्रबार अवैधरूपमा संचालनमा रहेका १२ वटा मदिरा भट्टीबाट तयारी मदिरा एक हजार एक सय ८५ लिटर तथा कच्चा पदार्थ तीन हजार दुई सय २० लिटर नष्ट गरेको जनाएको छ। साथै घरेलु मदिरा बनाउन प्रयोग गरिने मेसिन, भाडाकुडासमेत नियन्त्रणमा लिई स्थानीय सरोकारवालाहरूको रोहवरमा नष्ट गरेको प्रहरीले जनाएको छ।

यस्तै, बिहीबार इलाका प्रहरी कार्यालय, जानकीटोल र प्रहरी चौकी, भिष्वाको टोलीले जगरनाथपुर गाउपालिका–२, जानकीटोल र छिपहरमाई गाउँपालिका–५ भिष्वाबाट अवैध मदिरा नष्ट गरेको छ।

अवैधरूपमा संचालनमा रहेका मदिरा भट्टीबाट मदिरा तयार पार्ने कच्चा पदार्थ एक हजार दुई सय लिटर र तयारी मदिरा चार सय ६६ लिटर नियन्त्रणमा लिई नष्ट गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 21, 2020| 07:58 शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।