शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा कोरोना संक्रमणबाट थप एककाे मृत्यु, मर्नेको संख्या पाँच पुग्यो

भारतमा कोरोना संक्रमणबाट थप एककाे मृत्यु, मर्नेको संख्या पाँच पुग्यो

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट भारतमा थप एक जनाको ज्यान गएको छ।
 |  शनिबार, चैत ८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत ८, २०७६

नयाँ दिल्ली– कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट भारतमा थप एक जनाको ज्यान गएको छ।

National life

वर्ल्डओमिटरडटइन्फोका अनुसार भारतमा पछिल्लो २४ घन्टामा एक जनाको ज्यान गएको हो। यससँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। भारतमा यसअघि दिल्ली, कर्नाटक, महाराष्ट्र र पन्जाब राज्यका एक–एक जनाको कोरोना संक्रमणबाट ज्यान गएको थियो।

वर्ल्डओमिटरडटइन्फोका अनुसार पछिल्लो २४ घन्टामा त्यहाँ ५५ जनामा संक्रमण पुष्टि भएको छ। यससँगै त्यहाँ दुई सय ४९ जनामा संक्रमण पुष्टि भएको छ।

पाकिस्तानमा पनि एकको मृत्यु, संक्रमितको संख्या पाँच सय नाघ्यो

दक्षिण एसियामा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको पाकिस्तानमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट एक जनाको ज्यान गएको छ। यससँगै त्यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

Laxmi sunrise bank
kumari

पाकिस्तानमा पछिल्लो २४ घन्टामा ४७ जनामा संक्रमण पुष्टि भएको वर्ल्डओमिटरडटइन्फोले जनाएको छ। यससँगै त्यहाँ कूल संक्रमण पुष्टि भएको संख्या पाँच सय एक पुगेको छ।

प्रकाशित: Mar 21, 2020| 02:41 शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।