बिहीबार, भदौ ४, २०८३

कोरोना त्रासले घर फर्कने बढे, नेपाल–भारत नाकामा भीड

कञ्चनपुुरको गड्डाचौकीदेखि झापाको काँकडभिट्टासम्मका नाकाबाट दुई देशका नागरिक जोखिम मोल्दै हुल बाँधेर आउजाउ गरिरहेका छन्।
 |  शनिबार, चैत ८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत ८, २०७६

काठमाडौं– राजधानीबाट आज (शुक्रबार) प्रकाशित ब्रोडसिटका दैनिक पत्रपत्रिकाले कोरोना भाइरस (कोभिड–१९)को विषयलाई प्रमुख पेजमा स्थान दिएका छन्।

नयाँ पत्रिका दैनिकले ‘नेपाल–भारत नाकामा भिड’ शीर्षकको समाचार प्रकाशित गरेको छ। “पश्चिम नेपालसँग सीमा जोडिएका भारत, उत्तर प्रदेशका विभिन्न स्थानमा कोरोना भाइरस (कोभिड–१९)का संक्रमित भेटिएका छन्। पारिपट्टि संक्रमण देखिएपछि नेपालतर्फ त्रास बढेको छ। तर, जोखिमलाई नजरअन्दाज गर्दै दुई देशका नाका अझै खुला राखिएका छन्, जहाँबाट दैनिक हजारौं मानिस निष्फिक्री ओहोरदोहर गरिरहेका छन्,” नयाँ पत्रिकाले लेखेको छ।”

“कञ्चनपुुरको गड्डाचौकीदेखि झापाको काँकडभिट्टासम्मका नाकाबाट दुई देशका नागरिक जोखिम मोल्दै हुल बाँधेर आउजाउ गरिरहेका छन्। २५ जनाभन्दा बढी भिड नलाग्न आह्वान गरेको सरकारले त्यसको व्यवस्थापनमा ध्यान दिएको छैन। ठेलमठेल लाइनमा उभ्याएर सीमित साधनस्रोतले उनीहरूको चेकजाँच भइरहेको छ। स्वास्थ्य परीक्षणका नाममा भारतबाट आउनेहरूको सामान्य ज्वरो नापेर नेपाल छिर्न दिइएको छ,” नयाँ पत्रिकामा छ।

सोही दैनिकमा भारत र चीनले नेपाललाई सहयोगको प्रस्ताव गरेको समाचार पनि प्रकाशित छ।

यस्तै, प्रधानमन्त्रीले देशवासीका नाममा गरेको सम्बोधनलाई पनि नयाँ पत्रिकाले पहिलो पेजमा प्रकाशित गरेको छ। नयाँ पत्रिकाले यसलाई ‘प्रधानमन्त्रीको सम्बोधन : अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने घोषणा’ शीर्षक दिएको छ।

यो समाचारलाई ब्रोडसिटका प्रायः सबै दैनिक पत्रिकाले मुख्य बनाएका छन्। कान्तिपुर दैनिकले यसलाई ‘अत्यावश्यकबाहेकका सेवा चैत २१ सम्म बन्द’ शीर्षक दिएको छ। नागरिक दैनिकले ‘भोलिदेखि अत्यावश्यकबाहेक सबै सेवा बन्द’ शीर्षक राखेको छ। अन्नपूर्ण पोस्ट दैनिकले ‘अत्यावश्यकबाहेक सबै सेवा बन्द’ शीर्षक राखेको छ।

यस्तै, अन्नपूर्णले दिल्लीमा निर्भया बलात्कार प्रकरणका चार दोषीलाई मृत्युदण्ड दिइएको समाचार पनि पहिलो पेजमा प्रकाशित गरेको छ। कालोबजारी गर्नेलाई पाँच वर्ष कैद गर्ने सरकारको निर्णयसम्बन्धी समाचार पनि अन्नपूर्णको पहिलो पेजमा प्रकाशित छ।

प्रकाशित: Mar 21, 2020| 01:46 शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।