आइतबार, चैत १, २०८२

निर्भया बलात्कार प्रकरणका चार दोषीलाई कसरी दिइयो फाँसी ?

भारतको दिल्लीस्थित तिहाड जेलमा शुक्रबार निर्भयाको बलात्कार र हत्या गर्ने चार जनालाई फाँसी दिइएको छ।
 |  शुक्रबार, चैत ७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ७, २०७६

एजेन्सी- भारतको दिल्लीस्थित तिहाड जेलमा शुक्रबार निर्भयाको बलात्कार र हत्या गर्ने चार जनालाई फाँसी दिइएको छ। मुकेश सिंह, पवन गुप्ता, विनय शर्मा र अक्षय कुमार सिंहलाई शुक्रबार बिहान ५.३० बजे फाँसी दिइएको हो।

National life

यसरी दिइयो फाँसी

अधिकारीहरुका अनुसार चारै दोषी शुक्रबार रातभर तिहाड जेलमा आफ्नो फाँसीको प्रतीक्षा गरे, चारैजना रातभर निदाएनन्।

उनीहरु एकअर्कासँग भेट गर्न चाहन्थे तर जेल प्रशासनले भेटमा रोक लगाएको थियो।

राती १२ बजे मेरठ जेलमा बोलाइएका पवन जल्लादलाई पहिलो पटक दोषीहरुलाई हेर्ने अनुमति दिइयो। त्यसको केही समयपछि नै फाँसी दिइँदै थियो।

Laxmi sunrise bank
kumari

राती करिब १ बजे अक्षयले मुकेशसँग भेट गर्ने इच्छा व्यक्त गरेका थिए। जेलका हेड वार्डेनले अस्वीकार गरे।

तिहाड जेलका महानिर्देशक सन्दीप गोयलका अनुसार दोषीहरुको तर्फबाट वकालत गरिरहेका वकिलले अन्तिम समयसम्म पनि सर्वोच्च अदालतबाट मृत्यु दण्डको सजाय रोक्ने प्रयत्न गरिरहे।

बलात्कार र हत्या आरोपी विनय आफ्नो सेलमा चुपचाप बसिरहेका थिए। सर्वोच्च अदालतले बिहान ३.३० बजे मृत्युदण्ड सम्बन्धी फाइल बन्द गरिदियो।

त्यो बेलासम्म कुनै पनि अप्रिय घटना नहोस् भन्नका लागि तिहाड जेल वरपर अर्धसैनिक बलका जवानहरु ठूला मात्रामा परिचालन भएका थिए।

बिहान ४ बजे सहायक जेलरले सबै चारैजना दोषीलाई स्नान गर्न (नुहाउन) भने। तीनजनाले स्नान गरे। विनय उठेनन्।

४.१५ बजे सहायक जेलरले सबैलाई आफ्नो धर्मअनुसार प्रार्थना गर्न, पुजा पाठ गर्न अनुमति दिए, तर कसैले पनि गरेनन्।

त्यसको केही समयपछि चारैजनालाई अन्तिम पटक खाजा खान दिइयो।

करिब ४.३० बजे सबैलाई फाँसी घरमा लगियो।

चारैजना दोषीको मेडिकल जाँच गरियो। जसमा सबैजना फाँसीका लागि स्वस्थ रहेको रिर्पोट प्राप्त भयो।

यो बीचमा फाँसी रोक्ने वा फाँसीको सजाय उल्ट्याउने सम्बन्धी कुनै प्रकारको पत्र वा सूचना आएको छ कि भनेर जेलका निरीक्षकले अन्तिम पटक सोधीखोजी गरे।

यस्तो कुनै पनि प्रकारको सूचना वा आदेश भेटिएन।

बिहान ५.२० बजे चारैजना दोषीको अनुहार सुती कपडाले छोपियो।

उनीहरुका दुबै हात पछाडि लगेर बाँधियो। चारै जना दोषीलाई फासी कोठामा लगियो।

यो समयमा जेलमा रहेका अन्य कुनै पनि कैदीलाई बाहिर आउने अनुमति दिइएको थिएन।

प्रमुख जिल्ला अधिकारी, चिकित्सा निरीक्षक, जेल निरीक्षक र १० जना अन्य जेल अधिकारीको फाँसी कोठामा उपस्थित भए।

प्रमुख जिल्ला अधिकारीले चारैजना दोषीलाई आफ्नो अन्तिम इच्छा सोधे। तर कुनै पनि दोषीलाई आफ्नो अन्तिम इच्छा प्रमुख जिल्ला अधिकारीलाई सुनाएनन्।

त्यसपछि प्रमुख जिल्ला अधिकारीले ब्लक वारेन्टमा हस्ताक्षर गरे।

त्यसपछि चारैजनालाई फाँसी दिइयो।

फाँसीको आधा घण्टासम्म उनीहरुलाई झुण्ड्याइराखिएको थियो। बिहान ६ बजेपछि उनीहरुलाई निकालियो र त्यहाँ उपस्थित चिकित्सकले उनीहरुको स्वास्थ्य जाँच गरे साथै उनले सबैलाई मृत घोषणा गरे।

निर्भया

सन् २०१२ डिसेम्बर १६ मा दिल्लीमा २३ वर्षीया पारामेडिकल इन्टर्न विद्यार्थीलाई चलिरहेको बसमा एउटा समूहले बलात्कार गर्यो। बलात्कारपछि उनलाई कुटपिट गरेर गम्भीर घाइते अवस्थामा सो समूहले छाड्यो। बलात्कृत युवतीलाई संसारले ‘निर्भया’ नाम दियो।

गम्भीर घाइते भएकी निर्भयाको २६ डिसेम्बरमा सिंगापुरमा उपचारका क्रममा मृत्यु भयो।

घटनाको ९ महिनापछि ५ दोषी राम सिंह, पवन, अक्षय, विनय र मुकेशलाई फाँसीको सजाय सुनायो।

त्यसको केही वर्षपछि राम सिंहले तिहाड जेलमा फाँसी लगाएर आत्महत्या गरे भने अर्का एक दोषी नाबालिग भएका कारण ३ वर्ष सुधार गृहमा रहेर छुटेका छन्।

अन्तिम इच्छा

तिहाड जेलका अधिकारीहरुका अनुसार प्रमुख जिल्ला अधिकारीले इच्छा सोध्नु अघि नै दोषीमध्ये एक मुकेशले अंग दानको इच्छा व्यक्त गरेका थिए।

उनले अंगदान लागि आफू इच्छा रहेको पत्र मार्फत् जानकारी गराएका थिए। तर उनको इच्छा पुरा भएन। अर्का दोषी विनयले आफ्नो पेन्टिङ जेलका निरीक्षकलाई दिएका थिए। उनले जेलमै तयार गरेको आफ्नो पेन्टिङ जेलमै राखिदिन आग्रह गरेका थिए।

पवन गुप्ता र अक्षय सिंहले भने कुनै इच्छा व्यक्त गरेनन्।

प्रकाशित: Mar 20, 2020| 12:56 शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।