मंगलबार, वैशाख २९, २०८३

साउदी अरबमा जहाज, रेल, बस, ट्याक्सी सबै बन्द

कोरोनाको महामारी फैलिएपछि साउदी अरबले देशभित्रका सबैखाले सवारी साधन बन्द गर्ने भएको छ ।
 |  शुक्रबार, चैत ७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ७, २०७६

काठमाडौं- कोरोनाको महामारी फैलिएपछि साउदी अरबले देशभित्रका सबैखाले सवारी साधन बन्द गर्ने भएको छ ।

National life

भोलि (शनिबार) बाट लागू हुने गरी १४ दिनसम्मका लागि सबै हवाइ सेवा, रेल, बस र ट्याक्सी बन्द गर्ने भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण नफैलिओस् भन्नका लागि यस्तो सावधानी अपनाएको साउदी सरकारलाई उदृत गर्दै रोयटर्सले लेखेको छ ।

साउदीले यसअघि नै विभिन्न देशबाट आउने अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ।

साउदी अरबमा अहिलेसम्म २ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिए पनि कसैको मृत्यु भने भएको छैन।

 

 

प्रकाशित: Mar 20, 2020| 04:46 शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।