मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • निर्भयाको बलात्कार गरेर हत्या गर्ने चारजनालाई फाँसी दिइयो

निर्भयाको बलात्कार गरेर हत्या गर्ने चारजनालाई फाँसी दिइयो

निर्भया सामूहिक बलात्कार र हत्यामा संलग्न चार दोषीलाई शुक्रबार फाँसी दिइएको छ।
 |  शुक्रबार, चैत ७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ७, २०७६

नयाँ दिल्ली– निर्भया सामूहिक बलात्कार र हत्यामा संलग्न चार दोषीलाई शुक्रबार फाँसी दिइएको छ।

National life

समाचार एजेन्सीका अनुसार बलात्कारमा दोषी ठहर गरिएका मुकेश सिंह, विनय शर्मा, अक्षयकुमार सिंह र पवन गुप्तालाई दिल्लीको तिहाड जेलमा बिहान साढे ५ बजे फाँसी दिइएको हो।

फाँसीपछि जेलका निर्देशक सन्दीप गोयलले चार जनालाई मृत घोषित गरे। गोयलका अनुसार चारै जनालाई एकैसाथ फाँसी दिइएको थियो।

फाँसीपछि निर्भयाकी आमा आशा देवीले छोरीले न्याय पाएको भन्दै न्यायपालिकालाई धन्यवाद दिइन्। “म न्यायपालिका, मिडिया, राष्ट्रपति तथा तपाईंहरू सबैप्रति आभारी छु। सात वर्षको संघर्ष आज निष्कर्षमा पुगेको छ,” उनले भनिन्।

उनले भारतका महिलालाई अझै सुरक्षित बनाउन लडाइँ जारी राख्ने बताइन्।

फाँसीअघि चारै जना दोषीले आफूहरूलाई फाँसी नदिन माग गर्दै दिल्ली हाईकोर्ट र सुप्रिम कोर्टमा अपिल गरेका थिए। तर, दुवै कोर्टले उनीहरूको अपिल इन्कार गरेको थियो।

सन् २०१२ डिसेम्बर १६ मा राजधानी दिल्लीमा बसमा सवार २३ वर्षीया निर्भयामाथि ६ जनाले सामूहिक बलात्कार गरी सडकमा फालेका थिए। त्यसपछि अस्पताल भर्ना भएकी निर्भयाको डिसेम्बर २९ मा मृत्यु भएको थियो।

उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई दिल्ली हाईकोर्टले दोषी ठहर गरेको थियो। तीमध्ये एकले जेलमा आत्महत्या गरे भने एक जना नाबालिगलाई सुधार केन्द्र पठाइएको छ।

प्रकाशित: Mar 20, 2020| 02:36 शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।