आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इटालीमा कोरोना संक्रमण भयावह, ज्यान गुमाउने चीनभन्दा धेरै

इटालीमा कोरोना संक्रमण भयावह, ज्यान गुमाउने चीनभन्दा धेरै

इटालीमा कोरोना संक्रमणबाट शुक्रबार बिहानसम्म मर्नेको संख्या तीन हजार चार सय पाँच पुगेको छ। पछिल्लो २४ घन्टामा त्यहाँ ४२७ जनाले ज्यान गुमाएका छन्।
 |  शुक्रबार, चैत ७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ७, २०७६

रोम– इटालीमा तीव्ररूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भयावह देखिएको छ। कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्याका आधारमा इटालीले कोरोनाको मुख्यभूमि मानिएको चीनलाई उछिनेको छ।

National life

वर्ल्डओमिटरडटइन्फोका अनुसार इटालीमा कोरोना संक्रमणबाट शुक्रबार बिहानसम्म मर्नेको संख्या तीन हजार चार सय पाँच पुगेको छ। पछिल्लो २४ घन्टामा त्यहाँ ४२७ जनाले ज्यान गुमाएका छन्।

चीनमा भने कोरोना भाइरस संक्रमणबाट तीन हजार दुई सय ४८ जनाको ज्यान गएको छ। पछिल्लो २४ घन्टामा त्यहाँ तीन जनाको मृत्यु भएको छ।
इटालीमा संक्रमण पुष्टि भएको संख्या भने चीनको तुलनामा आधा मात्रै छ। चीनमा ८० हजार नौ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ। इटालीमा भने ४१ हजार ३५ जनामा संक्रमण देखिएको वर्ल्डओमिटरडटइन्फोले जनाएकाे छ।

नयाँ संक्रमणको दर पनि चीनभन्दा इटालीमा एकदमै उच्च छ। पछिल्लो २४ घन्टामा चीनमा ३९ जनामा नयाँ संक्रमण देखिँदा इटालीमा पाँच हजार तीन सय २२ जना बिरामी फेला परेका छन्।

उपचारपछि सन्चो भएर घर फर्कनेहरू पनि इटालीमा चीनको तुलनामा निकै न्यून छ। चीनमा ७१ हजार एक सय ५० जना उपचारपछि घर फर्किँदा इटालीमा त्यो संख्या जम्मा चार हजार चार सय ४० जना मात्रै छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 20, 2020| 01:49 शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।