आइतबार, चैत १, २०८२

महामारी रोक्न भारतमा जनता कर्फ्यु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमणको महामारी रोक्न आइतवारदेखि जनता कर्फ्यु लगाउने घोषणा गरेका छन्।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमणको महामारी रोक्न आइतवारदेखि जनता कर्फ्यु लगाउने घोषणा गरेका छन्।

National life

भारतीय नागरिकलाई महामारीबाट जोगाउन यस्तो कदम चाल्नुपरेको उनले स्पष्ट पारेका छन्।

उनले बिहीवार देशवासीका नाममा सम्बोधन गरेका थिए। मोदीले भने, ‘देश कठिन अवस्थाबाट गुज्रिएको छ। विश्वव्यापी महामारीको सन्त्रास बढ्दो छ।’

यसलाई विचार गरी कर्फ्यु लगाउनु नै हितको काम हुने उनले बताए। उनले देशवासीलाई आफैं अलग्गै घरमा बस्न आह्वान पनि गरेका छन्।

सम्बोधनको क्रममा प्रधानमन्त्री मोदीले ‘जनताको, जनताद्वारा, जनताका लागि लगाइएको कर्फ्यु’ भनेका थिए।

Laxmi sunrise bank
kumari

कर्फ्यु आगामी आइतवारदेखि बिहान ७ देखि राति ९ बजे सम्मका लागि हुनेछ। ‘घरबाटै गर्न सकिने काम जेसुकै पनि गर्नुहोला, हामीले आफू संक्रमित हुनबाट आफैँ जोगिने संकल्प गर्नुपर्छ’, मोदीले भने।

कोरोनाबाट भारतमा चारजनाको मृत्यु भइसकेको छ। बिहीवार बेलुकासम्म १८४ जना संक्रमित भएका छन् । तीमध्ये २५ जना विदेशी छन् । संक्रमित भएकामध्ये २० जना भने सफल उपचारपछि घर फर्किका छन् ।

थप क्षति नहोस् भनेर सरकारले कर्फ्यु लागू गरेको हो। प्रधानमन्त्रीले सम्बोधनका क्रममा पहिले झैँ बजारमा जाने वा घुम्ने काम नगर्न पनि आग्रह गरेका छन्।

उनले कोरोनाबाट विश्वभर मानव जाति संकटमा परेको पनि बताए। २ महिनासम्म सावधानी अपनाएको र केही दिनयता यसले विकराल रूप लिने आशंका गरिएकाले कर्फ्यु लगाउनुपरेको उनले बताए।

उनले सकेसम्म घरबाटै काम गर्न पनि आग्रह गरेका छन्। मोदी धार्मिक, सामाजिक संगठनसँग यो सन्देश जनतासम्म पुर्‍याई जागरुक बनाउन अनुरोध गरे।

देशभर सयौँको मानिसलाई ‘सेल्फ आइसोलेसन’ वा ‘क्वा रेन्टाइन’ मा राखिएको छ। देशभर विद्यालय र कलेज बन्द गरिएका छन् र धेरै राज्यले भीडभाडमा प्रतिबन्ध लगाएका छन् । हालसम्म भारतमा कोरोनाबाट चारजनाको मृत्यु भएको छ।

प्रकाशित: Mar 19, 2020| 17:40 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।