बुधबार, चैत ११, २०८२

‘अत्यावश्यक अवस्थाबाहेक अस्पताल नजानुहोस्’

नेपाल मेडिकल काउन्सिलले अत्यावश्यक अवस्थाबाहेक अस्पताल नजान सर्वसाधारणलाई अनुरोध गरेको छ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले अत्यावश्यक अवस्थाबाहेक अस्पताल नजान सर्वसाधारणलाई अनुरोध गरेको छ।

National life

कोरोना भाइरस संक्रमणको त्रास बढेपछि काउन्सिलले अस्पताल, स्वास्थ्यकर्मी र सर्वसाधारणलाई थप सचेत हुन अनुरोध गरेको हो।

काउन्सिलले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई ८ बुँदे निर्देशन दिएको छ भने सर्वसाधरणलाई संक्रमणबाट जोगिने ४ बुँदे अनुरोध जारी गरेको छ।

काउन्सिलले सर्वसाधारणको लागि अत्यावश्यक सेवा लिनुपर्ने अवस्था बाहेकका स्थितिमा सकेसम्म अस्पताल नजान भनेको छ।

सामान्य रुघाखोकीमा घरमै बसी उपचार गर्न अनुरोध गरेको छ। त्यस्तै केही समय पछाडि सम्पन्न गरे पनि हुने शल्यक्रिया तथा यस्तै प्रकृतिका सेवाहरु स्थिति साम्य भएपछि गर्न, भिडभाड नगर्न–नगराउन, खोकी लागेका, ज्वरो आएका तथा संक्रमणको आशंका लागेका व्यक्तिको नजिक नजान आग्रह गरेको छ।

Laxmi sunrise bank
kumari

काउन्सिलले अस्पताल र स्वास्थ्यकर्मीलाई जारी गरेको ८ बुँदे निर्देशन

- एकसय शैय्याभन्दा माथिका अस्पतालहरुले व्यक्तिगत सुरक्षा उपचारकण (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट) सहित अलग्गै ज्वरो क्लिनिक (फिवर क्लिनिक) सञ्चालन गर्ने।

- अत्यावश्यक नभएका (इलेक्टिभ) शल्यक्रिया तथा उपचार विधिहरू क्रमिक रुपमा कम गर्दै उपचारका श्रोतलाई प्रकोपका लागि सुरक्षित गर्दै जाने।

- स्वास्थ्यकर्मीहरूको व्यक्तिगत सुरक्षाको व्यवस्था मिलाउने।

- अस्पताल तथा उपचार केन्द्रमा अनावश्यक भीड कम गर्न आवश्यक व्यवस्था मिलाउने।

- जनरल हेल्थ चेकअप क्लिनिकहरू सञ्चालन नगर्ने।

- अत्यावश्यक बाहेकका दन्त चिकित्सा सेवा सञ्चालन नगर्ने तथा गर्नैपर्ने भएमा व्यक्तिगत सुरक्षा उपकरण (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट) सहित मात्र गर्ने।

- सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा वैज्ञानिक तथा प्रमाणित भएका सूचना मात्र सम्प्रेषण गर्ने।

- अत्यावश्यक सेवाका लागि मात्र अस्पताल आउन सर्वसाधारणलाई अनुरोध गर्दै सूचना जारी गर्ने।

प्रकाशित: Mar 19, 2020| 12:57 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्