आइतबार, चैत १, २०८२

निर्भया काण्डका दोषीलाई शुक्रबार बिहानै फाँसी

८ वर्षअघि भारतको राजधानी नयाँ दिल्लीमा भएको सामुहिक बलात्कारका दोषीहरुलाई शुक्रबार बिहान साढे ५ बजे (भारतीय समय) फाँसी दिइने भएको छ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

नयाँ दिल्ली - ८ वर्षअघि भारतको राजधानी नयाँ दिल्लीमा भएको सामुहिक बलात्कारका दोषीहरुलाई शुक्रबार बिहान साढे ५ बजे (भारतीय समय) फाँसी दिइने भएको छ।

National life

सन् २०१२ डिसेम्बर १६ मा दिल्लीमा गुडीरहेको एक गाडीमा ६ जनाले मेडिकल अध्ययन गर्दै गरेकी छात्रा निर्भयाको सामुहिक बलात्कार गरेका थिए। उनको उपचारको क्रममा सिंगापुरमा निधन भएको थियो।

लामो समयदेखि अदालती झमेलामा फसेको उक्त घटनाका दोषीहरु मध्ये ४ जनालाई शुक्रबार फाँसी दिइने निश्चित भएको छ। भारतको सुप्रिम कोर्टले बिहीबार मुकेश सिंहको याचिका खारेज गरेपछि उनीहरुलाई फाँसी दिने निश्चित भएको हो। सिंहसहित अक्षय कुमार, पवन गुप्ता र विनय शर्मालाई फाँसी दिइँदैछ।

निर्भया बलात्कारमा ६ जना संलग्न रहे पनि एक जनाले जेलमा आत्महत्या गरेका तथा अर्का एक जना घटना घटेको बेलामा नाबालिग रहेकाले चार जनालाई मात्रै मृत्युदण्डको सजाय सुनाइएको हो।

प्रकाशित: Mar 19, 2020| 11:04 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।