शनिबार, साउन २३, २०८३

इन्जिनियरिङ संस्थानका सबै परीक्षा स्थगित

‘अर्को सूचना प्रकाशित नभएसम्मका लागि पठनपाठन र परीक्षा स्थगित गरिएको छ।’
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

काठमाडौं– त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले सबै परीक्षा स्थगित गरिएको जनाएको छ।

संस्थानले बिहीबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णयबमोजिम संस्थान अन्तरगत सञ्चालन हुने पठनपाठन साथै स्नातक र स्नातकोत्तर परीक्षा पनि बिहीबारदेखि लागू हुने गरी स्थगित गरिएको जनाएको हो।

संस्थानका डिन प्रा. रामचन्द्र सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अर्को सूचना प्रकाशित नभएसम्मका लागि पठनपाठन र परीक्षा स्थगित गरिएको छ।’

प्रकाशित: Mar 19, 2020| 07:28 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्