आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • द टेलिग्राफले राष्ट्रपति कोविन्दलाई कोभिड भाइरससँग जाेडेपछि ...

द टेलिग्राफले राष्ट्रपति कोविन्दलाई कोभिड भाइरससँग जाेडेपछि ...

भारतको पुरानो अखबार टेलिग्राफले राष्ट्रपति रामनाथ कोविन्दलाई ‘कोभिड’ लेखेपछि हंगामा भएको छ। अंग्रेजीमा कोविन्द लेख्दा एन छुटेर कोभिड भएपछि त्यसको विरोध भएको हो।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

भारतको पुरानो अखबार टेलिग्राफले राष्ट्रपति रामनाथ कोविन्दलाई ‘कोभिड’ लेखेपछि हंगामा भएको छ। अंग्रेजीमा कोविन्द लेख्दा एन छुटेर कोभिड भएपछि त्यसको विरोध भएको हो।

National life

राष्ट्रपतिलाई कोभिड–१९ भाइरससँग जोडेको भन्दै पटनास्थित अखबारको कार्यालय अगाडि युवाहरुले विरोध प्रदर्शन गरेका छन्।

पटना युनिभर्सिटीका सहप्राध्यापक गुरु प्रकाशले यसलाई समग्र दलितको अपमान भनेका छन्। ‘हामी यो अपमान सहन्नौं। राष्ट्रपति रामनाथ कोविन्दलाई कोभिड भाइरससँग जोडेर टेलिग्राफले दलित र पिछडिएका वर्गको साथमा भद्दा मजाक गरेको छ,’ उनले भने।

यसको विरोधमा सडकदेखि संसदसम्म आवाज उठाउने उनले बताए। अखबारले माफी नमागेसम्म आफूहरु लडिरहने उनको भनाइ छ।

ट टेलिग्राफको मार्च १७ मा ‘कोभिड हैन कोविन्द’ शीर्षकमा मुख्य समाचार प्रकाशित भएको थियो।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Mar 19, 2020| 07:20 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।