बुधबार, चैत ११, २०८२

त्रिविमा एमफिल मानवशास्त्र र नेपालीबाहेक आजका अन्य परीक्षा यथावत्

आजदेखि सुरु हुने तय भएका एमफिल तहका मानवशास्त्र (एन्थ्रोपोलोजी र नेपाली विषयको परीक्षा भने स्थगित गरिएको रजिस्ट्रार प्रा. डा. पेशल दाहालले नेपाल समयलाई जानकारी गराए।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले बिहीबारका लागि निर्धारित विषयको परीक्षा सञ्चालन गरेको छ।

National life

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) लगायत विश्वविद्यालयका जारी सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो।

उक्त निर्णय सार्वजनिक भएको केही समयभित्रै त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित परीक्षा सञ्चालन हुने सूचना जारी गर्‍यो। आज त्रिविले सञ्चालन गरिरहेका सबै विषयका परीक्षा यथावत् छन्।

तर, आजदेखि सुरु हुने तय भएका एमफिल तहका मानवशास्त्र (एन्थ्रोपोलोजी र नेपाली विषयको परीक्षा भने स्थगित गरिएको रजिस्ट्रार प्रा. डा. पेशल दाहालले नेपाल समयलाई जानकारी गराए।

परीक्षा स्थतिग भएको जानकारी विद्यार्थीलाई मौखिक रूपमा गराइएको थियो। तर त्रिविको बुधवार प्रकाशित सूचनामा एमफिलको परीक्षाबारे केही उल्लेख छैन।

Laxmi sunrise bank
kumari

बिहीबार बिहान ८ बजेतिर एन्थ्रोपोलोजीका विभागीय प्रमुख प्रा. डम्बर चेम्जोङले ट्विटरमार्फत परीक्षा स्थगित भएको जानकारी दिएका थिए। उनले त्रिवि सरकारी विश्वविद्यालय भएकाले मन्त्रालयको निर्णय आधिकारिक हुने बताए।

त्रिविलगायतका अन्य विश्वविद्यालयले संकट र जोखिम कम गर्न आफैं निर्णय लिनुपर्ने बेला सरकारी निर्णय आउँदा पनि थप निर्णय गर्नै नपर्ने चेम्जोङको भनाइ छ।

शिक्षा मन्त्रालय र उच्चस्तरीय समन्वय समितिको एउटा निर्णय र त्रिविको त्यसविपरीतको निर्णयले परीक्षार्थी अन्योलमा छन्।
बुधबार मात्रै पनि उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समितिले सार्वजनिक गरेको निर्णयमा एसईईलगायत विश्वविद्यालयका परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको थियो।

त्यसलगत्तै बसेको अर्को बैठकले निर्णय सच्याएर एसईई तथा विश्वविद्यालयका जारी परीक्षा रोक्ने निर्णय गरेको थियो।

बेलुका करिब ७ बजे निर्णय सार्वजनिक गर्दासम्म एसईईको परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डलाई जानकारी नै थिएन।

समितिको निर्णय बाहिरिएको करिब एक घण्टापछि मात्रै राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी, शिक्षामन्त्री, सचिवलगायतको बैठक बसेर राति करिब १०ः१५ मा मात्रै औपचारिक जानकारी गराइएको थियो।

प्रकाशित: Mar 19, 2020| 05:50 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्