बुधबार, चैत ११, २०८२

कोरोनाबारे कसरी कुरा गर्ने बालबालिकासँग ?

धेरै केटाकेटीले मास्क लगाएको दृश्य सामान्य भइसकेको छ। अधिकांश मुलुकमा क्वारेन्टाइन चलाइएको छ, यातायात सेवा स्थगित गरिएको छ, स्कुल/कलेज बन्द गरिएका छन्। यस्ता घटनाले नियमित कामकाजमा व्यवधान आएको सबैले देखेभोगेकै छन्।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

केही दिनअघि म आफ्ना केटाकेटीसँग पार्कमा गएको थिएँ। मैले उनीहरूले खेल्दै कुरा गरिरहेको सुनेँ।

National life

‘ए तिमीले कोरोना भाइरसबारे सुनेका छौ?’ एक जनाले उसको साथीलाई सोध्यो।
‘अँ सुनेको थिएँ,’ एउटाले उत्तर दियो।
‘चाइनामा भएको निमोनिया हैन?’ अर्कोले भन्यो।
‘तिमीहरूलाई थाहा छ कोरोनाले कति जना मरिसके ? ५० जना।’

उनीहरूले के निर्क्याेल गरे भने ५० जना मर्नु भनेको ठूलै हो। अनि फेरि आफ्नो बालसुलभमा मग्न भए।

उनीहरूको कुराले म स्तब्ध भएँ। आफ्नो गाउँठाउँभन्दा आधा गोलार्ध पर संक्रमण भएको रोगबारे उनीहरूले कसरी थाहा पाए? उनीहरूलाई त्यसको के वास्ता?

केटाकेटी पनि त हामी बाँचिहरेकै संसारमा छन् नि। उनीहरू पनि त समाचार हेर्छन्, पढ्छन्, सामाजिक सञ्जाल चलाउँछन्। हामीले गरेको कुराकानी सुन्छन्। आआफैं पनि एकआपसमा कुरा गर्छन्।

Laxmi sunrise bank
kumari

त्यसैले उनीहरूले पनि कोरोनाबारे ध्यान दिए। हाम्रो डर महसुस गरे र त्यही डर आपसमा साटासाट गरे। अब यस विषयमा के गर्ने, के नगर्ने भन्नेमा उनीहरूलाई हाम्रो सहयोगको खाँचो छ।

कोरोना भाइरस सबै महादेशमा फैलिसकेको छ। सम्भावित महामारीको चरणमा पुगिसकेको अवस्थामा अब केटाकेटीसँग कोरोना भाइरसबारे कुराकानी गर्न कुनै रोकटोक छैन। सबै मिडियाले यस विषयमा विस्तृत समाचार दिइरहेका छन्। सरकार तथा मेडिकल अधिकृतहरूले पनि छिनछिनमा नयाँनयाँ जानकारी दिइरहेका छन्। जताततै यही भाइरसकै कुरा छ।

धेरै केटाकेटीले मास्क लगाएको दृश्य सामान्य भइसकेको छ। अधिकांश मुलुकमा क्वारेन्टाइन चलाइएको छ, यातायात सेवा स्थगित गरिएको छ, स्कुल/कलेज बन्द गरिएका छन्। यस्ता घटनाले नियमित कामकाजमा व्यवधान आएको सबैले देखेभोगेकै छन्।

बाबुआमालाई के लाग्छ भने संसारमा भइरहेको यी र यस्तै घटना बुझ्न तथा त्यसलाई सामना गर्ना सन्तान परिपक्व भइसकेका छैनन्।

जब हामी आफैं आत्तिरहेका र भोलि के होला भन्नेमा ढुक्क छैनौं, बालबालिकालाई के भन्ने वा नभन्ने भन्ने थाहा छैन, त्यो बेला उनीहरूसँग महामारीका कुरा गरेर हामीले झन् त्रसित बनाइदिने पो हौं कि भन्ने धेरैलाई लागेको छ।

समय, स्थान तथा दूरीका कारण बुझाइ फरकफरक हुन्छन्। अस्पष्ट हुन्छन्। अनि साना बालबालिका यी विषयमा त्यसरी सोच्छन् जसले उनीहरूलाई कमजोर बनाइदिन सक्छ।

कुनै बालकले एउटै घटनाको भिडियो फुटेज दोहोर्‍याएर हेरिरहँदा के बुझ्छ भने हरेक घटनाले सम्भावित त्रासलाई देखाइरहेको छ, जसको कुनै समाधान छैन।

तपाईंले समाचारमा देखाइएका ती घटना धेरै टाढाको हो भने पनि बालबालिका त्यसबाट त्रसित हुन्छन्। उनीहरू नडराऊन् भन्नका लागि घटनाको परिवेश, अनुपात बताउँदै उनीहरूलाई आश्वस्त पार्नु महत्त्वपूर्ण छ।

तपाईं नै डराउनु वा आत्तिनुभएको छ भने भने बालबालिकाले यसबारे आफैं चिन्तित हुन्छन् र तपाईंसँग छलफल गर्दैनन्।

बालबालिकाका प्रश्नको उत्तर राम्रोसँग नदिने तथा वास्ता नगर्ने हो भने डरका कारण उनीहरू छलफल गर्न लजाउँछन् र अप्ठेरो महसुस गर्छन्। जसले सामान्य चिन्ता पनि विनाशकारी बनिदिन सक्छ। त्यसकारण, भन्न नसकिने कुरा पनि भन्नुपर्ने हुन्छ।

यस विषयमा बालचिकित्सक डा. केरेन गसन तथा बालसञ्चार विज्ञ स्याफरोन हउडेनसँग विचारविमर्श गर्दा उनीहरूले निम्न कुरा बताए :

बाबालिकालाई कसरी जानकारी दिने?

उनीहरूसँग जति चाँडो कुराकानी गर्‍यो त्यति नै राम्रो। त्यसो हुन सक्यो भने उनीहरूको विश्वसनीय स्रोत नै तपाईं बन्नुहुनेछ।

त्यस्तो दिन छान्नुहोस् जुन दिन तपाईंसँग प्रशस्त समय छ र तपाईं पूरा ध्यान दिन सक्नुहुन्छ। साथै, तपाईंलाई भोक र थकानले नपिरोलेको होस्।

मुखामुख भएर कुरा गर्नुभन्दा कहिलेकाहीँ टिभी वा केही हेरिरहँदा वा सँगै कतै गइरहेका बेलामा पनि केटाकेटीसँग राम्रोसँग कुरा गर्न सकिन्छ।

रोगबारे बालबालिकाको धारणा र बुझाइ के छ भनेर खुला प्रश्न गर्नुहोस्। उनीहरूले के सोचिरहेका छन् बुझ्न खोज्नुहोस्।

उनीहरूको डर र गलत बुझाइलाई सही तथ्यले प्रतिस्थापन गरिदिनुहोस् र उनहरूले ती जानकारी कहाँबाट पाएका हुन् जान्न खोज्नुहोस्। तपाईंको प्रस्तुति हदैसम्मको मायालु हुनुपर्छ भन्ने हेक्का राख्नुहोस्।

उनीहरूलाई कुराकानी निरन्तर गर्न प्रेरित गर्नुहोस्। उनीहरूले कठिन प्रश्न पनि सोध्न सक्छन्, त्यस्तो बेला चाहिनेभन्दा बढी सूचना नदिनुहोस्। उनीहरूकै भाषाशैलीमा बिस्तारै बुझाउने प्रयास गर्नुहोस्।

रातको समयमा कुनै पनि कुरा ठूलो र डरलाग्दो लाग्न सक्छ। त्यस्तो बेला कुनै प्रश्न उठेमा भोलिपल्ट वा अर्को कुनै समय दिनको उज्यालोमा प्रस्ट पार्छु भनेर बालबालिकालाई ढुक्क बनाउनुहोस्।

साना बालबालिकाको हकमा शारीरिक आराम पनि आवश्यक हुन्छ (अनिवार्य होइन) भन्नेमा ध्यान दिनुहोस्।

इमानदार हुनुहोस्, तर आफ्नो सीमालाई पनि ध्यान दिनुहोस्। तपाईं आत्तिनुभएको छैन, डराउनुभएको छैन भन्नेमा बालबालिकालाई निश्चिन्त तुल्याउनुहोस्।

उनीहरूलाई के कुरा स्पष्ट बुझाइदिनुहोस् भने तपाईं एकैछिनलाई मात्रै आत्तिनु भएको वा डराउनुभएको थियो। त्यो अवस्था छोटो समयका लागि मात्र थियो र अहिले सब ठीकठाक भइसकेको छ र तपाईं अहिले झन् तरोताजा हुनुहुन्छ।

बालबालिकालाई के भन्ने?

आफ्ना केटाकेटीलाई के भनिदिनहोस् भने यो एउटा साधारण रोग हो जुन केही साताको उपचारपछि ठिकठाक हुनेछ। अधिकांश बालबालिका त यसबाट रोगी भएका छैनन्, भइहाले पनि चिसोको रुघाजस्तै केही समयमा ठिक हुनेछ।

कुनै पनि कुरालाई सरल र विषयकेन्द्रित गरिदिनुहोस् र सकेसम्म सकारात्मक सन्देश दिनुहोस्।

उनीहरूलाई रोगको मुख्य लक्षण बताइदिनुहोस् र लक्षणसँग मिल्दो कुनै शारीरिक समस्या भयो भने भनिहाल्न अह्राउनुहोस्।

रोगबारे सुरक्षित हुन भइरहेका प्रयासबारे बताइदिनुहोस्। सबै डाक्टर तथा नर्सहरूले रोग फैलिन नदिन रातदिन मेहनत गरिरहेको कुरा बताइदिनुहोस्। संसारभरका मानिसले एकअर्कालाई सहयोग गरिरहेको कुरा बताइदिनुहोस्। उपलब्ध उपचार सेवा तथा भ्याक्सिनबारे पनि जानकारी दिनुहोस्।

बालबालिकाहरू हजुरबा वा हजुरआमाबारे चिन्तित छन् भने त्यो उनीहरूको माया हो। त्यसको सराहना गर्नुहोस् र उपलब्ध मेडिकल सेवा तथा अन्य सकारात्मक जानकारी दिनुहोस्।

नयाँ कुरा सिक्न तथा जान्न छलफल गर्नुहोस्। उदाहरणका लागि हाम्रो शरीरले कसरी भाइरससँग प्रतिरोध गर्छ, रोगका क्षण देखिएमा कसरी कम गर्न सकिन्छ? साथै, भाइरसले हामीलाई कसरी बिरामी बनाउँछ र त्यस्तो बेलामा के के गर्ने भन्ने पनि राम्ररी बुझाइदिनुहोस्।

बालबालिकामा आत्मविश्वास जगाउनुहोस् र घरमै कस्तो तयारी थाल्ने भन्ने कुरा सिकाइदिनुहोस्। यस्तो विशेष परिस्थितिलाई नयाँ रुटिन पालना गर्नुपर्ने अवसरका रूपमा लिनुहोस्।

हातलाई कसरी संक्रमणमुक्त राख्ने, खोक्दा के के कुरामा ध्यान दिनुपर्छ, अनुहारमा हात नलाने, विशेषगरी नाकलाई हातले छुँदै–नछुने, हात मिलाउनु भन्दा नमस्कार वा अन्य उपाय अपनाउने कुरा बताइदिनुओस्।

साना बालबालिकालाई नयाँ रुटिनअनुसार चल्न यस्तो यस्तो गर्ने भनेर आफूले नै गरेर देखाइदिनुहोस्।

उनीहरूले आफ्नो हेरचाह आफैं गर्नका लागि केही नयाँ जिम्मेवारी पनि दिनुहोस्। यसले उनीहरूमा आत्मविश्वास जाग्छ र सबल बनाउँछ।

विगतमा उनीहरूलाई भएको रोगबारे कुरा सम्झाएर, रोग भनेको के हो र स्कुल नजानु नै क्वारेन्टाइमा बस्नु हो भन्ने बुझाउँदै कति समयपछि सबै कुरा ठिक हुन्छ भन्ने राम्ररी बुझाइदिनुहोस्।

यो भाइरस एउटा देश वा एक समूहका मान्छेलाई मात्र हुने होइन भन्ने बुझाइदिनुहोस् र संक्रमणबाट बच्ने उपाय तथा गाह्रो परिस्थिति केही सातापछि सबै ठिक हुन्छ भन्ने निश्चिन्त पारिदिनुहोस्।

(पत्रकार तथा मेडिकल विद्यार्थी ऐमी कुपको गार्डियनमा प्रकाशित लेखको नपालीमा भावानुवाद।)
अनुवाद : महेश्वर आचार्य

पुनः प्रकाशित

प्रकाशित: Mar 19, 2020| 02:37 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्