सोमबार, असार २२, २०८३

प्रस्तावित प्रधानन्यायाधीशमाथिको संसदीय सुनुवाइ आजदेखि

 |  मंगलबार, जेठ ५, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ५, २०८३

काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेको १६ वटा उजुरीमाथि छलफल गर्दै संसदीय सुनुवाइ प्रक्रिया आजै अघि बढाइने भएको छ।

प्रधानन्यायाधीशमा सिफारिस भएका शर्माविरुद्ध परेको उजुरी खोल्नका लागि अहिले बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। यसअघि गत वैशाख २६ गते बसेको समितिको बैठकले १० दिनको समयसीमा दिएर उजुरी आह्वान गरेकोमा हिजो सोमबार कार्यालय समय भित्र १६ वटा उजुरी दर्ता भएका हुन्।

संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार आजको समितिको बैठकमा उजुरी खोल्ने र त्यसलाई सांसदहरूबीच वितरण गर्ने कार्य हुनेछ। त्यस्तै, बिहान १० बजेपछि उजुरीकर्तासँग छलफल गरिने छ। त्यसपछिको बैठक निरन्तर चल्ने र सोही क्रममा प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाइने छ।

प्रकाशित: May 19, 2026| 08:13 मंगलबार, जेठ ५, २०८३
प्रतिक्रिया दिनुहोस्