शुक्रबार, कात्तिक २८, २०८२

बागमतीमा थपिए छ मन्त्री र चार राज्यमन्त्री

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ६ मन्त्री र चार राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेकी छन्।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ६ मन्त्री र चार राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेकी छन्।एमाले विभाजन भई नेकपा (एकीकृत समाजवादी) गठनसँगै अल्पमतमा परेकी शाक्यले बुधबार १० जनालाई मन्त्री बनाएकी हुन्। योसँगै प्रदेशमा मन्त्रिपरिषद्को संख्या १२ पुगेको छ।  

विस्तारित मन्त्रिपरिषद्मा रचना खड्काले आर्थिक मामिला तथा योजना, विजय सुवेदीले आन्तरिक मामिला तथा कानुन, शान्तिप्रसाद पौडेलले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मा पाएका छन्।  प्रदीपकुमार कटुवाल क्षेत्री स्वास्थ्य, अजयक्रान्ति शाक्य सामाजिक विकास र चन्द्र लामा भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री बनेका छन्। 

राज्यमन्त्री पाउनेमा जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनाली छन्। उनीहरूले क्रमशः भौतिक पूर्वाधार विकास, उद्योग, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।  मन्त्री बनेका सबैले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रकाशित: Sep 08, 2021| 15:32 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।