आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना संक्रमितको संख्या २ लाख नाघ्याे, ८ हजार बढीको मृत्यु

कोरोना संक्रमितको संख्या २ लाख नाघ्याे, ८ हजार बढीको मृत्यु

विश्वभर कोरोना भाइरस (काेभिड-१९) संक्रमितको संख्या २ लाख नाघेको छ।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

काठमाडौं- विश्वभर कोरोना भाइरस (काेभिड-१९) संक्रमितको संख्या २ लाख नाघेको छ।

National life

अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयले राखेको तथ्यांकअनुसार विश्वभर २ लाख १ हजार ५३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै ८ हजार भन्दा बढी मानिसको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

चीनमा सबैभन्दा बढी ८१ हजार मानिस संक्रमित भएका छन् भने इटालीमा ३१ हजार भन्दा बढी मानिसमा संक्रमण फैलिएको छ।

इटालीमा मृत्यु हुनेको संख्या २ हजार ५०३ पुगेको छ।

Laxmi sunrise bank
kumari

त्यस्तै इरानमा मृत्यु हुनेको संख्या १ हजार १३५ पुगेको छ। त्यहाँ १७ हजार ३६१ जनालाई संक्रमण पुष्टि भएको छ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ९८ पुगेको छ। त्यहाँ संक्रमितको संख्या साढे १३ हजार भन्दा बढी छ।

जर्मनीमा झण्डै १० हजार मानिसमा संक्रमण फैलिएको छ।

मलेसियामा तीब्र गतिमा फैलिँदै

मलेसियामा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिएको छ।

बुधबार मात्रै त्यहाँ थप १ सय १७ जनामा संक्रमण भेटिएको जनाइएको छ।

यो सहित मलेसियामा संक्रमित हुनेको संख्या ७ सय ९० पुगेको छ।

स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना संक्रमणपछि ११ जना ठिक भएर घर फर्किएका छन्।

बुधबार भेटिएका ११७ जनामध्ये ८० जना एउटा मस्जिदको कार्यक्रममा सहभागी भएका व्यक्तिहरु हुन्।

उक्त कार्यक्रममा सहभागी भएका ५ सय १३ जनामा कोरोना पुष्टि भइसकेको छ।

प्रकाशित: Mar 18, 2020| 12:17 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।