शनिबार, साउन २३, २०८३

स्कुलकै पहलमा स्वास्थ्यकर्मी र आइसोलेसन कक्ष (फोटो फिचर)

‘हामीले विद्यालयसँग उपलब्ध स्रोतसाधन प्रयोग गरी सचेतना अपनाएका हौं। यसका लागि कुनै निकायबाट सहयोग पाएका छैनौं।’
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

काठमाडौं– एसईईमा सहभागी हुने विद्यार्थी र कर्मचारीलाई कोरोना संक्रमणकाे जाेखिम कम गर्न बुधबार ललितपुरको बुङ्मतीस्थित आदर्श सौलः माविका कक्षाकोठामा विद्यालयले आफ्नै पहलमा विषाणु नाशक औषधि छर्किएको छ।

विद्यालयका प्रधानाध्यापक सरोजभक्त आचार्यले भने, ‘हामीले विद्यालयसँग उपलब्ध स्रोतसाधन प्रयोग गरी सचेतना अपनाएका हौं। यसका लागि कुनै निकायबाट सहयोग पाएका छैनौं।’

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने एसईईका हरेक केन्द्रमा हेल्थ डेस्क राख्न स्थानीय तहलाई अपिल गरेका थिए।
विद्यालय आफैंले हेल्थ डेक्स राख्ने प्रधानाध्यापक आचार्यले बताए।

उनले भने, ‘नर्सले गेटमा परीक्षण गरेपछि मात्र परीक्षार्थीलाई भित्र पठाइनेछ। कुनै छात्रछात्रालाई रुघाखोकी र सामान्य ज्वरो आएको पाइएमा आइसोलेसनमा राख्न दुईवटा कोठा तयारी अवस्थामा राखेका छौं।’

उक्त विद्यालय केन्द्रबाट ३०८ जनाले परीक्षा दिँदैछन्। ती विद्यार्थीलाई दुईवटा ब्लकमा गरी ११ वटा कोठामा राखेर परीक्षा लिइने तयारी विद्यालयको छ। विद्यालयले हरेक दिन विषाणु नाशक औषधि छर्केर मात्र परीक्षा लिनेछ।

प्रकाशित: Mar 18, 2020| 10:18 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्