शनिबार, साउन २३, २०८३

युवा शोधकर्तालाई आईएफएको सहयोग

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) ले ‘युवा शोध प्रोत्साहन कार्यक्रम’ सुरु गरेको छ।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

काठमाडौं- परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) ले ‘युवा शोध प्रोत्साहन कार्यक्रम’ सुरु गरेको छ।

प्रतिष्ठानले अन्तर्राष्ट्रिय सम्बन्ध एवं कुटनीतिक अध्ययनमा सहयोग पुर्याउन युवा शोध प्रोत्साहन कार्यक्रम शुरु गरेको हो।

परराष्ट्र मन्त्रालय अन्तर्गतको वैदेशिक मामिला एवम् अन्तर्राष्ट्रिय सम्बन्धबारे अध्ययन गर्ने यस प्रतिष्ठानले आगामी वर्षहरुमा अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थशास्त्र, राजनीति शास्त्र लगायतका विधामा अनुसन्धानरत ६० जना युवा शोधकर्ताहरुलाई प्रतिष्ठानमा ‘इन्टर्न’ गराउने समेत लक्ष्य लिएको छ।

प्रतिष्ठानले यसै वर्ष पहिलो अनुसन्धानात्मक जर्नल प्रकाशनको तयारी गरेको छ।

प्रतिष्ठानले आर्थिक कुटनीतिको प्रर्वद्धन, सीमा विवाद समाधान, भुपरिवेष्ठित मुलुकको सामुद्रिक पहुँच स्थापित गर्ने लगायतका दीर्घकालीन एवं समसामयिक मुद्दाहरुमा छलफल, गोष्ठी, अन्तरक्रिया एवं संवाद कार्यक्रमको आयोजना गरी राज्यलाई नीतिगत सुझाव दिने काम गरिरहेको छ।

नेपालले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ को आयोजक समेत रहेको प्रतिष्ठानले पोखरा र जनकपुरमा भएका परामर्श गोष्ठीहरुको समेत संयोजन गरेको थियो। कोभिड–१९ ले विश्वव्यापी प्रभाव पार्न थालेपछि सगरमाथा संवाद भने हाललाई स्थगित गरिएको छ।

प्रकाशित: Mar 18, 2020| 09:51 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्