बुधबार, चैत ११, २०८२

११ र १२ कक्षामा वास्तुशास्त्र पढाइने

पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहमा पहिलोपटक वास्तु विषयको अध्यापन गराउने उद्देश्यले पाठ्यक्रम निर्माण शुरु गरेको छ।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहमा पहिलोपटक वास्तु विषयको अध्यापन गराउने उद्देश्यले पाठ्यक्रम निर्माण शुरु गरेको छ। पाठ्यक्रम निर्माण गर्न नेपाल संस्कृत विश्वविद्यालयका पूर्वप्राध्यापक श्रीकृष्ण अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ।

National life

समितिमा डा. खिलानाथ बस्ताकोटी, पुरुषोत्तम भट्टराई र वासुदेव कृष्ण शास्त्री सदस्य छन्। नेपालमा प्राचीन गुरुकुलकालीन शिक्षा पद्धतिमा वास्तुको अध्यापन हुने गरे पनि शैक्षिक तहमा औपचारिकरुपमा आगामी शैक्षिक सत्र २०७७ देखि अध्यापन गर्ने तयारी स्वरुप पाठ्यक्रम निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ। यसअघि नेपाल संस्कृत विश्वविद्यालयको शास्त्री र आचार्य तहमा सिद्धान्त तथा फलित ज्योतिष विषयमा ३० पूर्णाङ्कसम्मको वास्तुसम्बन्धी अध्यापन हुन्थ्यो।

पछिल्लो समय राजधानीलगायत मुख्य मुख्य शहरमा वास्तुलाई पछ्याउँदै घर, भवनलगायत संरचना बनाउने क्रम बढेको छ जसका कारण धेरै ज्योतिषीले वास्तुसमेत हेर्न थालेका थिए। यस क्षेत्रमा दक्ष जनशक्ति नभएका कारण विभिन्न समस्या आएको गुनासो बढेपछि औपचारिक रुपमा पाठ्यक्रम निर्माण भइरहेको सदस्य भट्टराईले बताए।

संस्कृत मावि एवं वेद विद्याश्रमका लागि कक्षा ११ र १२ अध्यापन गराउने गरी संस्कृत भाषाको पाठ्यक्रम निर्माण गर्न लागिएको उनले बताए। पाठ्यक्रममा प्राचीन वास्तु, गृह, भवन, मन्दिर (प्रासाद) निर्माण, चिनियाँ वास्तु पद्धति फेङ सुईलगायत विषय वस्तु समावेश हुने जनाइएको छ।

केन्द्रका सूचना अधिकारी गणेश भट्टराईले आगामी साउनदेखि अध्यापन हुने गरी पाठ्यक्रम निर्माण अन्तिम चरणमा पुगेको बताए। संस्कृत र नेपाली दुवै भाषामा पाठ्यक्रम एवं पुस्तक प्रकाशन गरी अध्यापन गराउन चाहने संस्कृत तथा साधारण दुवै लागू गर्न सक्ने उनले बताए।

Laxmi sunrise bank
kumari

माध्यमिक तहको कक्षा ११ र १२ का लागि सिद्धान्त र फलित ज्योतिषको पाठ्यक्रम गत वर्ष नै निर्माण भइसकेको छ । दुवै विषयको अध्यापन चालु शैक्षिक सत्रदेखि नै शुरु भइसकेको केन्द्रले जनाएको छ।

रासस

प्रकाशित: Mar 18, 2020| 08:45 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्