शनिबार, साउन २३, २०८३

निमावि शिक्षक लाइसेन्सको नतिजा प्रकाशित (नामावलीसहित)

आयोगले गत असोजमा सञ्चालित अंग्रेजी, गणित र विज्ञान विषयको परीक्षाको नतिजा प्रकाशित गरेको हो।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

काठमाडौं– शिक्षक सेवा आयोगले निमावि तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ।

आयोगले गत असोजमा सञ्चालित अंग्रेजी, गणित र विज्ञान विषयको परीक्षाको नतिजा प्रकाशित गरेको हो।
न्यूनतम ५० अंक ल्याउने परीक्षार्थी उत्तीर्ण गरिएको आयोगले जनाएको छ। अंग्रेजीमा ९५३ जना उत्तीर्ण भएका छन्।

परीक्षामा १९ हजार ८०९ जना सहभागी थिए।

वस्तुगत उत्तरपानामा की उल्लेख नगर्ने ६७३ जनाको परीक्षा रद्द गरिएको छ।
यस्तै मर्यादाविपरीत काम गर्ने ६ जनाको परीक्षा रद्द गरिएको आयोगले जनाएको छ।

गणितमा ६९१ जना उत्तीर्ण भएका छन्। परीक्षामा ७ हजार ७७५ सहभागी थिए।

वस्तुगत उत्तरपानामा की उल्लेख नगर्ने २७४ को परीक्षा रद्द गरिएको छ।

विज्ञानमा २८९ जना उत्तीर्ण भएका छन्। परीक्षामा ३ हजार ३६७ जना सहभागी थिए।

वस्तुगत उत्तरपानामा की उल्लेख नगर्ने ८७ जनाको परीक्षा रद्द गरिएको छ।

मर्यादाविपरीत कार्य गर्ने १ जनाको परीक्षा रद्द गरिएको आयोगले जनाएको छ।

सफल उम्मेदवारलाई सम्बन्धित प्रदेशस्थित शिक्षा विकास निर्देशनालयमार्फत अध्यापन अनुमतिपत्र वितरण गरिने आयोगले जनाएको छ। 

नतिजामा चित्त नबुझेमा सम्बन्धित प्रदेशको शिक्षा विकास निर्देशनालयमार्फत ३५० रुपैयाँ राजस्व तिरेको सक्कल रसिद र प्रवेशपत्रको प्रतिलिपिसहित निवेदन दिन सकिनेछ।

यस्तो छ अंग्रेजी, गणित र विज्ञानको नतिजा

प्रकाशित: Mar 18, 2020| 07:33 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्