आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोनाको उपचारपछि निको भएर घर फर्कने बिरामी चीनबाहिर न्यून

कोरोनाको उपचारपछि निको भएर घर फर्कने बिरामी चीनबाहिर न्यून

कोरोना भाइरस (कोभिड–१९)को उपचारपछि निको भएर घर फर्कने बिरामीको संख्या चीनबाहिर न्यून देखिएको छ।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

बेइजिङ– कोरोना भाइरस (कोभिड–१९)को उपचारपछि निको भएर घर फर्कने बिरामीको संख्या चीनबाहिर न्यून देखिएको छ।

National life

वर्ल्डओमिटरडटकमका अनुसार चीनबाहिर ११ प्रतिशत बिरामी मात्रै उपचारपछि निको भएर घर फर्किएका छन्। चीनबाहिर १६५ देश तथा क्षेत्र (टेरिटोरी)मा एक लाख १७ हजार पाँच सय १८ जनालाई कोरोना संक्रमण पुष्टि भएकोमा १३ हजार एक सय ४८ जनामात्रै उपचारपछि सन्चो भएका छन्। यो कूल बिरामीको ११.१९ प्रतिशत हो।  

चीनबाहिर सबैभन्दा बढी संक्रमण फैलिएको इटालीमा पनि उपचारपछि निको भएर घर फर्कनेको संख्या ९ प्रतिशत मात्रै छ। त्यहाँ ३१ हजार पाँच सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई हजार नौ सय ४१ जना उपचारपछि सन्चो भएका छन्।

कोरोना भाइरसको मुख्यभूमि चीनमा भने उपचारपछि सन्चो भएर घर फर्कने बिरामी ८६ प्रतिशत छन्। चीनमा कोरोना संक्रमित ८० हजार आठ सय ९४ बिरामीमध्ये ६९ हजार ६ सय १४ जना उपचारपछि सन्चो भएर घर फर्किएकाे वर्ल्डओमिटरडटकमले जनाएकाे छ। याे कूल बिरामीको ८६.०६ प्रतिशत हो।

वर्ल्डओमिटरडटकमका अनुसार कोरोनाबाट बुधबार बिहानसम्म विश्वभर एक लाख ९८ हजार चार सय १२ संक्रमण पुष्टि भएको छ। तीमध्ये ८२ हजार सात सय ६२ उपचारपछि सन्चो भएर घर फर्किएका छन्।

Laxmi sunrise bank
kumari

गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहान सहरमा देखिएको कोरोना भाइरस संक्रमणबाट बुधबार बिहानसम्म सात हजार नौ सय ८८ जनाको ज्यान गइसकेको छ।

प्रकाशित: Mar 18, 2020| 05:05 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।