बुधबार, चैत ११, २०८२

७० लाख विद्यार्थीलाई भोलिदेखि घरबाहिर नजान अपिल

कोरोना संक्रमण (कोभिड–१९)को संक्रमणबारे सतर्कता अपनाउन सरकारले ७० लाख विद्यार्थीलाई भोलिदेखि घरबाहिर नजान अपिल गरेको छ।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

काठमाडौं– कोरोना संक्रमण (कोभिड–१९)को संक्रमणबारे सतर्कता अपनाउन सरकारले ७० लाख विद्यार्थीलाई भोलिदेखि घरबाहिर नजान अपिल गरेको छ।

National life

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अपिल जारी गरी परीक्षा सकिएका कक्षा १ देखि ९ सम्मका विद्यार्थीलाई नयाँ शैक्षिक सत्र सुरु नहुन्जेलसम्म (आगामी तीन हप्ता) घरबाहिर नजान अपिल गरेको हो। देशभरका कक्षा १ देखि ९ सम्मका विद्यालयमा आज परीक्षा सकिँदैछ ।

यस्तै, मन्त्रालयले विद्यालयलाई आगामी तीन हप्ता भिडभाड हुने कार्यक्रम नगर्नसमेत अनुरोध गरेको छ।

“संक्रमणको त्रास रहेको यो अवस्थामा परीक्षा सकेका विद्यार्थीलाई घरबाहिर नजान एवं यो अवधिमा मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखी विद्यालयमा सांस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भिडभाड वा आमभेला नगर्न सबैमा अनुरोध छ,” मन्त्रालयद्वारा जारी अपिलमा भनिएको छ।

सरकारले कोरोना संक्रमणबारे सतर्कता अपनाउन यसअघि चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा सक्न विद्यालयलाई निर्देशन दिएको थियो। त्यही निर्देशन अनुसार देशभरका सबै विद्यालयमा बुधबार परीक्षा सकिँदैछ।

Laxmi sunrise bank
kumari

यस्तै,मन्त्रालयले बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पूरा भएको जनाएको छ।

बिहीबारदेखि आउँदो १७ गते सोमबारसम्म देशभरका एक हजार ९ सय ९५ परीक्षा केन्द्रमा चार लाख ८२ हजार दुई सय १९ जनाले परीक्षा दिने तयारी छ।

गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरस संक्रमणले विश्वभर महामारीको रूप लिएको छ। नेपालमा भने अहिलेसम्म एक जनालाई मात्रै संक्रमण पुष्टि भएको छ। तर, ती व्यक्ति पनि उपचारपछि सन्चो भएर घर फर्किसकेका छन्।

 

प्रकाशित: Mar 18, 2020| 02:50 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्