आइतबार, चैत १, २०८२

भारतमा कोरोनाबाट थप एकजनाको मृत्यु, ताजमहल बन्द

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा थप एक जनाको मृत्यु भएको छ ।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

दिल्ली- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा थप एकजनाको मृत्यु भएको छ ।

National life

मंगलबार बिहान महाराष्ट्रको मुम्वइमा ६४ वर्षीय एक व्यक्तिकाे कोरोना संक्रमणबाट मृत्यु भएकाे जागरण अनलाइनले जनाएको छ । मुम्वइको कस्तुरवा अस्पतालमा उपचार ती व्यक्तिको मृत्यु भएको हो । उनको नाम खुलाइएको छैन ।

योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट १२९ व्यक्ति संक्रमित भएका छन् ।

ताजमहल बन्द

कोरोना भाइरसको त्रास बढ्दै गएपछि भारतले प्रख्यात पर्यटकीय गन्तव्य ताज महल बन्द गरिएको छ ।

Laxmi sunrise bank
kumari

कोरोना भाइरसको संक्रमण फैलिने डरका कारण बाध्य भएर ताज महल बन्द गर्नु परेको भारतको संस्कृति मन्त्रालयले जनाएको छ ।

प्रेमको प्रतिकका रुपमा रहेको ताज महल अवलोकनका लागि दैनिक दशौँ हजार पर्यटक पुग्ने गर्छन् ।

भारतका अधिकांश ठाउँका शैक्षिक संस्थाहरु बन्द भएका छन् भने भीडमा नजान र धेरै व्यक्ति एकै ठाउँमा भेला नहुन अपिल गरेको छ ।

प्रकाशित: Mar 17, 2020| 06:00 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।