बिहीबार, साउन १४, २०८३

कोरोनाबाट विश्वभर मर्नेको संख्या सात हजार एक सय नाघ्यो

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विश्वभर मर्नेको संख्या सात हजार एक सय नाघेको छ।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

रोम– कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विश्वभर मर्नेको संख्या सात हजार एक सय नाघेको छ।

वर्ल्डओमिटरडटइन्फोका अनुसार विश्वभर कोरोना संक्रमणबाट मंगलबार बिहानसम्म सात हजार एक सय ७१ जनाले ज्यान गुमाएका छन्। यस्तै, एक लाख ८२ हजार ६ सय नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोनाको मुख्यभूमि चीनमा ज्यान गुमाउने र नयाँ संक्रमित हुनेको संख्या सातायता घटिरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार त्यहाँ सोमबार थप १३ जनाको मृत्यु भएको छ। यससँगै चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार दुई सय २६ पुगेको छ।

यस्तै, चीनमा सोमबार २१ नयाँ संक्रमित फेला परेका छन्। आयोगका अनुसार त्यहाँ ८० हजार आठ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, त्यहाँ ६८ हजार ६ सय ९० जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्।

चीनपछि कोरोनाबाट प्रभावित इटालीमा दुई हजार एक सय ५८ र इरानमा आठ सय ५३ जनाले ज्यान गुमाएका छन्।

प्रकाशित: Mar 17, 2020| 04:07 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।