बिहीबार, भदौ ४, २०८३

कोरोनाको त्रासले बेलायती महारानीले छाडिन् दरबार

संक्रमणबाट जोगिन बर्मिङघम राजप्रासाद छाडेर उनी विन्डसर क्यासल गएकी छिन् ।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

लण्डन- कोरोना भाइरसको त्रासका कारण बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले दरबार छाडेकी छिन् ।

बेलायतमा महामारीको रूप लिएको कोरोना भाइरसको प्रकोपबाट बचाउन महारानीलाई दरबारबाट सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

संक्रमणबाट जोगिन बर्मिङघम राजप्रासाद छाडेर उनी विन्डसर क्यासल गएकी छिन् । उनका पति फिलिपलाई पनि सेन्ड्रिङममा अलग्गै राख्ने तयारी भइरहेको द सनले जनाएकाे छ । 

महारानीको स्वास्थ्य ठीक भएपनि स्टाफहरु भाइरसबाट संक्रमित हुने आशंकामा उनलाई बर्मिङघम दरवारबाट अन्यत्र सारिएको शाही परिवार निकट व्यक्तिहरुले जनाएका छन् ।

महारानीका सल्लाहकारले कुनै नोक्सानी नहओस् भनेर अन्यत्र स्थानान्तरण गर्नुपरेको स्पष्ट पारेका छन्।

बर्मिङघम दरवार लण्डनको मध्य भागमा रहेको र यहाँ काम गर्ने कर्मचारी अत्यधिक भएकाले भाइरसको संक्रमण बढी हुने आशंका गरिएको हो।

बर्मिङघम दरवारमा विश्वका विभिन्न नेताहरूलाई महारानी एलिजावेथले स्वागत गरेकी थिइन्। त्यस्ता कैयौं नेताहरूसँग उनले कुराकानी गरेकी थिइन्। महारानीले ९४ औं जन्मदिन केही साताअघि मात्रै मनाएकी थिइन्। त्यसमा विभिन्न व्यक्तिसँग उनले भेट गरेकी थिइन्।

बेलायतमा कोरोनाबाट १ हजार ५ सय संक्रमित भएका छन् भने ५५ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Mar 17, 2020| 03:37 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।