बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • श्रीमान् परदेशमा, श्रीमती र छोरीको टिपरले लियो ज्यान

श्रीमान् परदेशमा, श्रीमती र छोरीको टिपरले लियो ज्यान

काभ्रेको पनौती बसपार्कमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ ।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

काभ्रे– काभ्रेको पनौती बसपार्कमा टिपरको ठक्करबाट  आमाछोरीको मृत्यु भएको छ ।

पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा पैदलयात्री २६ वर्षीया जुनिमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका तामाङलाई साेमबार साँझ बा ५ ख ५४८० नं को टिपरले ठक्कर दिएको हो।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका आमाछोरीको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

खानीखाेला गाउँपालिका–१ घर भएकी गोलेकी श्रीमान् छिरिङ लामा भने वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षदेखि मलेसियामा छन्। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनापछि आक्रोशित भीडले ढुङ्गामुढा गरेपछि २ राउन्ड हवाई फायर र ५ राउन्ड अश्रुग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

भीड नियन्त्रणमा लिने क्रममा पाँच जना प्रहरी घाइते भएका छन्। घाइतेमध्ये प्रहरी हबलदार दिलीप बुढाथोकीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 17, 2020| 02:28 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।