बिहीबार, भदौ ४, २०८३

प्रदेश २ को नाम र राजधानी आज तोकिने, मतदान हुँदै

प्रदेश २ को स्थायी राजधानी र नामकरण गर्न आज (मंगलबार) मतदान हुने भएको छ।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

जनकपुरधाम– प्रदेश २ को स्थायी राजधानी र नामकरण गर्न आज (मंगलबार) मतदान हुने भएको छ। स्थायी राजधानी र नामकरण तय गर्न भोली बिहान ८ बजे बस्ने प्रदेशसभा बैठकमा गोप्य मतदान हुन लागेको हो।

आज बिहान बस्ने बैठकमा प्रदेशको नामकरण र स्थायी राजधानी तोक्न प्रक्रिया अघि बढाइने सभामुख सरोजकुमार यादवले जानकारी दिए।

यसअघि प्रदेशको नामकरण र राजधानीबारे सहमति जुटाउन सभामुख यादव संयोजक रहेको विशेष संसदीय समितिले शुक्रबार आफ्नो प्रतिवेदन प्रदेशसभा बैठकमा पेश गरेको थियो। समितिले गोप्य मतदानबाट नामकरण र राजधानीको टुंगो लगाउन सुझाएको छ।

समितिले स्थायी राजधानीबारे सहमति जुटाए पनि नामबारे सहमति जुटाउन सकेको छैन। प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि सम्मलित समितिले प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोक्न प्रस्ताव गरेको छ।

यद्यपि नेपाली कांग्रेसका प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साहले दर्ता गराएको वीरगन्ज महानगरपालिका र समाजवादी पार्टीका सिंगासन साह कलवारले (विन्दवासिनी, पोखरिया, सखुवा, पर्सागढी, जितपुर हुँदै सिम्रौनगढ)लाई राजधानी तोक्ने प्रस्तावउपर समेत मतदान हुने जनाइएको छ।

स्थायी राजधानी तोक्नबारे सहमति भए पनि नामकरणको विषयमा सहमति जुट्न नसकेपछि दलहरूले दर्ता गराएको प्रस्ताव यथावत प्रतिवेदनमा समावेश गरेर प्रदेशसभामा पेश भएको छ।

प्रदेश नामकरणका लागि नेकपाले जानकी, नेपाली कांग्रेसले मिथिला–भोजपुरा, प्रदेश सांसद राजेश्वरप्रसाद साहले मध्य मधेश र समाजवादी तथा राजपाको तर्फबाट शैलेन्द्रकुमार यादवले मधेस प्रदेश प्रस्ताव दर्ता गराएका छन्।

प्रदेशको स्थायी राजधानी र नामकरण तय गर्न दुई तिहाइ बहुमतले निर्णय हुने संवैधानिक व्यवस्था छ। तर, प्रदेश २ मा कुनै दलको आफ्नो दुई तिहाइ बहुमत छैन। सत्तासीन समाजवादी पार्टीको ३० र राजपाको २५ सांसद छन्। यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपाको ३२, प्रतिपक्षी दल नेपाली कांग्रेसको १९ र रिजवान अन्सारी नेतृत्वको पार्टीको एक सांसद छन्।

प्रकाशित: Mar 17, 2020| 02:12 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।