बिहीबार, भदौ ४, २०८३

कोरोनाका कारण २५० नेपाली कतारबाट निकालिए

क्याम्प बाहिर निस्किएका २५० जना नेपालीलाई कतार प्रहरीले पक्राउ गरेर सोमबार नेपाल पठाएको छ । कतारमा कोरोनाको त्रासका कारण
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले कोरोना भाइरसका कारण उत्पन्न भएको तरंग र नेपालमा यसको पूर्व तयारी फितलो भएको विषयलाई मुख्य समाचार बनाएका छन् ।

आजको कान्तिपुर दैनिकले कतारमा क्याम्पबाहिर निस्कँदा, २५० नेपाली डिपोर्ट शीर्षकमा मुख्य समाचार छापेको छ । क्याम्प बाहिर निस्किएका २५० जना नेपालीलाई कतार प्रहरीले पक्राउ गरेर सोमबार नेपाल पठाएको छ ।

कतारमा कोरोनाको त्रासका कारण क्याम्प बाहिर निस्किन रोक लगाइएको छ । तर, यस्तो जानकारी नपाएका नेपाली क्याम्पबाहिर निस्किएका थिए । उनीहरुलाई पक्राउ गरेर सिधै नेपाल पठाएको समाचारमा उल्लेख छ ।

कान्तिपुरले लेखेकाे छ- कतारको औद्योगिक क्षेत्र (सनैया) मा बस्ने पोखराका अनिलकुमार सुनार शुक्रबार दिउँसो साढे ३ बजे किनमेलका लागि आफ्नै गाडी लिएर कोठाबाट निस्किए ।

नेपाली खाना सप्लाई गर्ने क्याटरिङ चलाएका उनलाई शनिबारका लागि चाहिने सरसामानको जोहो गर्नु थियो । किनमेल गर्न नपाउँदै उनीलगायत करिब २ सय ५० नेपाली डिपोर्ट गरिए । सोमबारमात्र काठमाडौं ल्याइएका सुनारलगायतको ठूलो जमात अलमलमा थियो ।

कोरोनाका कारण कामदारहरुलाई राखिएको क्वारेन्टाइनबाट बाहिर निस्किएको भन्दै कतार प्रहरीले उनीहरुलाई पक्राउ गरेर नेपाल पठाइ दिएको हो ।

यस्तै कान्तिपुरले युरोपमा रहेका नेपालीलाई मुस्किल शीर्षकको खबरलाई पनि महत्वका साथ छापेको छ भने नेपालमा कोरोनाविरुद्ध अनेकन निर्णय भएपनि कार्यान्व्यन भने फितलो भएको विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

कोभिड–१९ भाइरसविरुद्ध सरकारले गरेका निर्णय सशक्त भए पनि कार्यान्वयन फितलो देखिएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तय गरेका रणनीति प्रभावकारी रूपमा लागू हुन नसकिरहेको समाचारमा उल्लेख छ ।

आजको अन्नपूर्ण पोस्ट्ले कोरोना भाइरसका कारण कतारले २० नेपाली मात्रै फर्काएको खबर लेखेको छ । कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको समाचारमा उल्लेख छ ।

दुई जना दुई दिनअघि र १८ जना सोमबार फिर्ता भएको समाचारमा उल्लेख छ । क्वारेन्टाइनबाट निषेधित क्षेत्रमा पुगेका नेपालीलाई पक्राउ गरी कतारले स्वेदश फर्काइदिएको परराष्ट्र अधिकारीले बताए ।

यस्तै अन्नपूर्ण पोस्ट्ले कोरोनाको शंका लागेका ३६ विदेशीलाई नेपालले उनीहरुकै देश फिर्ता पठाएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले स्वास्थ्य प्रमाणपत्र नल्याएका ३६ विदेशीलाई नेपाल प्रवेशमा रोक लगाएको समाचारमा उल्लेख छ ।

आजको नागरिक दैनिकले कोरोना प्रभावितलाई सरकारले संरक्षण गर्छ शीर्षकमा मुख्य समाचार छापेको छ । यस्तै अस्पतालमा कोरोना संक्रमणको त्रासले पछिल्लो समय मौसमी फ्लुका विरामी दोब्बरले बढेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।

आजको नयाँ पत्रिकाले भने तेलको अन्तर्राष्ट्रिय मूल्य ६८५ घट्दा नेपालमा ९५ मात्र घट्यो शीर्षकमा मुख्य समाचार छापेको छ ।

सोमबार मात्रै इन्डियन आयल कर्पोरेसनले ७ रुपैयाँ ७२ पैसा घटाएर पेट्रोल पठाउँदा नेपाल आयल निगमले दुई रुपैयाँ मात्र घटाएको समाचारमा उल्लेख छ ।

प्रकाशित: Mar 17, 2020| 01:06 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।