बिहीबार, भदौ ४, २०८३

बालुवाटार जग्गा प्रकरणमा पौडेल थुनामा

निवास निवास सरकारी जग्गा प्रकरणमा मुछिएका डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन शाखा अधिकृत कृष्णप्रसाद पौडेललाई विशेष अदालतले थुनामा पठाएको छ।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

काठमाडौं- निवास निवास सरकारी जग्गा प्रकरणमा मुछिएका डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन शाखा अधिकृत कृष्णप्रसाद पौडेललाई विशेष अदालतले थुनामा पठाएको छ।

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न सहयोग गरेको अभियोग लागेका पौडेल वयान दिन सोमबार विशेष अदालतमा हाजिर भएकोमा अदालतका अध्यक्ष शिवराज अधिकारी र सदस्य चन्द्रबहादुर सारुको इजलासले थुनामा पठाउने आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा पौडेलसहित १ सय ७५ जनाविरुद्ध माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

पौडेलविरुद्ध ‘सरकारी तथा सार्वजनिक सम्पत्ति गैरकानूनी रुपमा आफ्नो वा अरुको नाममा दर्ता, भोग चलन गर्ने गराउने’ गरेको अभियोग अख्तियारले लगाएको छ।

आयोगले उनलाई आठ वर्षदेखि दश वर्षसम्म कैद सजाय र ३२ करोड १९ लाख २० हजार रुपैयाँ विगो माग दाबी गरेको छ। विशेष अदालतले पौडेलसहितका आरोपीहरुलाई १५ दिने सूचना जारी गरेको थियो।

प्रकाशित: Mar 16, 2020| 14:24 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।