बिहीबार, भदौ ४, २०८३

पेट्रोल र डिजेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य २ रुपैयाँ घटाएको छ।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य २ रुपैयाँ घटाएको छ।

अन्तर्राष्ट्रिय मूल्यअनुसार निगमले नेपाली बजारमा पनि मूल्य समायोजन गरेको हो।

निगमले हरेक अंग्रेजी महिनाको १ र १६ तारिखमा नयाँ मूल्य निर्धारण गर्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही दिनदेखि निरन्तर ओरालो लागेको छ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १०६ रुपैयाँ, डिजेल र मटीतेल ९५ रुपैयाँ पर्नेछ। निगमले ग्यासको मूल्य भने घटाएको छैन।

नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ।

प्रकाशित: Mar 16, 2020| 14:18 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।